सुमन जि.सी दोलखा, २०७३ पुस २८ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनको २५ औं वार्षिक साधारण सभावाट निर्वाचीत पदाधिकारी तथा सदस्यहरुलाई दोलखा स्थीत एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लि. जिरीले बुधवार स्वागत तथा बधाईका साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एकीकृत फ्रेण्डसीप सकोसका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुवाट नेफ्स्कूनका नवनिर्वाचीत टिमलाई अविर तथा खादा ओढाई स्वागत, सम्मान, बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेफ्स्कूनका नवनिर्वाचीत अध्यक्ष डिवी बस्नेतले दोलखा जिल्लालाई सहकारी अध्ययन अवलोकनाको गन्तव्य स्थलको रुपमा विकास गर्नुपर्ने धारण व्यक्त गरेका थिए। बस्नेतले नेपालमा सहकारी संख्यात्मक रुपमा धैरै भएकाले सहकारीको गुणस्तर बृद्धिका लागि एकीकरणमा जान आवश्यक रहेको बताउदै सो कार्यको सुरुवात भईसकेको बताएका थिए । बस्नेतले नेफ्स्कूनले साकोस गुणस्तर सुधारका लागि गरेका विविध गतिवीधिहरु, नेफ्स्कुनको भावी कार्यदिशा तथा रणनीतिका बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचीत वरिष्ठ उपाध्यक्ष पारितोष पौडेल, सञ्चालक सदस्य दिपक पनेरु र चण्डिप्रसाद शर्मा पौडेलले नेपालको समग्र सहकारी अभियानलाई उचाईमा पु¥याउन नेफ्स्कूनको सम्पुर्ण टिमले महत्वपूर्ण भूमीका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफुहरुलाई विजय गराउन सहयोग गर्ने, शुभेच्छा राख्ने र शुभकामना दिने सबैप्रती हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्नुका साथै सबैवाट रचनात्मक पृष्ठपोषणका लागि समेत अनुरोध गरेका थिए ।
कार्यक्रममा त्यहाँ स्थीत संस्थाहरुको तर्फवाट सोनाम सेर्पा, राजनैतीक दलहरुको तर्फवाट मित्रवहादुर जिरेल, सल्लाहाकार टंक जिरेल, ईन्द्रवहादुर खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष नरवहादुर जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत फ्रेण्डसीप साकोसको वारेमा कोषाध्यक्ष कुमार जिरेलले जानकारी गराएका थिए । कार्यक्रम उपाध्यक्ष भुमीराज खड्काको स्वागत र सचिव केदार रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।