कोपिला कंडेल, बागलुङ २०७४ जेठ २१ । ढिकीचौर नागरिक सचेतना केन्द्र र छरीखोला नागरिक सचेतना केन्द्र बागलुङको संयुक्त आयोजनामा बानपा ७ स्थित सामुदायिक भवन भालुमारेमा शनिबार आर्युबेद सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिमको सहजिकरण स्वास्थ्य रक्षाका लागि क्रियाशील आर्युबेद समाजका अध्यक्ष एबं धन्वन्तरी स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष रमाकान्त सापकोटाले गरेका थिए । सो अवसरमा स्थानिय जडीबुटी, जडीबुटीको पहिचान, संरक्षण र उपयोग बारे छलफल भएको थियो ।
तालिमको सहजिकरण गर्दै धन्वन्तरी स्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष साप्कोटाले आधुनिक रासायनिक औषधीहरुको अन्दाधुन्द र अनावश्यक प्रयोगको चपेटामा परी औषधीहरुको दुष्प्रभावका अतिरिक्त आर्थिक भारले रन्थनिनु परेको अवस्थामा आफ्नै घरवरीपरी पाईने जडीबुटीको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । उनंले तालिममा सिकेका कुरालाई ब्यवहारमा लागु गर्न सहभागिलाई सुझाव समेत दिऐ । तालिममा सो क्षेत्रका ३५ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रम ढिकीचौर नागरिक सचेतना केन्द्रका अध्यक्ष अनिमा बिकको अध्यक्षता, सामाजिक परिचालक सबिता पौडेलको स्वागत मन्तब्य र सामाजिक परिचालक भगवती परियारको संचालनमा सम्पन्न भएको थियो ।