Sorry, that menu does not exist.
 

हटियाको सरसफाईमा नवनिर्वाचित वडाध्यक्ष भण्डारी सक्रिय

गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ २२ । गल्कोटको मुख्य बजार भनेर चिनिने हटिया बजारलाई सफा, सुन्दर बनाउनका लागी वीरजङ भण्डारी क्रियाशील बनेका छन् ।

बजार सँगै छेउमै बग्ने गौदीखोला फोहोरले दुगन्धित बन्न थालेपछि गलकोट नगरपालिका वाड नम्बर ३ का नवनिर्वाचित वाडअध्यक्ष वीरजङ भण्डारी सरसफाईतर्फ सक्रिय बनेका हुन् । अन्य समयमा समेत गल्कोटलाई सम्बृद्ध बनाउने धारणाका साथ ्न अगाडी बढे भण्डारी वार्ड अध्यक्ष निर्वाचित भईसकेपछि थप जिम्मेबारी थपिएको भन्दै आफनो कार्यकालमा हटियालाई नमुना बजारको रुपमा बिकास गर्ने बताए ।

बिश्व वातावरण दिवसको अवसरमा गल्कोट नगरपालिकाको सयुक्त आयोजनामा गल्कोट नगरपालिकाको कार्यलय देखि, हटिया बजार सम्मको क्षेत्रमा सरसफाई गरिएको थियो । सरसफाईको क्रममा संकलन गरिएको फोहोर भण्डारीको एकल प्रयासमा ट्याक्टरमा राखि गौदी खोलाको किनारमा लिई बिर्सजन गरिएको भण्डारीले बताए । बढ्दै गईरहेको फोहोरलाई उचित व्यवस्थापन गर्न आगामि शनिबार हटिया बजारबासीबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भण्डारीको भनाई छ ।

सरसफाई कार्यक्रम अन्तर्गत हटियाको लोकतान्त्रिक चोक, बिच बजार, गणतन्त्र चोक लगायतका ठाउमा सरसफाई गरिएको हो । भण्डारीले हालसम्म फोहोर फाल्ने निश्चित ठाउ डम्पिङ साईट नभएको भन्दै अब तत्काल त्यो समस्या हट्ने बताए । उनले कुनै पनि प्लाष्टिक तथा फोहोरजन्य बस्तुहरु जथाभावी नफाल्न समेत सबैमा आग्रह गरेका छन् । पहिलो चरणको सरसफाई अभियानले आफुलाई थप काम गर्ने हौसला प्राप्त भएको भण्डारीले बताए । सरसफाईमा भण्डारी सक्रिय बनेपछि गल्कोट नगरपालिका वाड नम्बर ४ अन्तर्गतका स्थानिय र बजारबासी खुसी भएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply