Sorry, that menu does not exist.
 

हावा पानीको वरिपरि झुम्मिएको मानव जीवन प्रकृतिको देन र कृपा हो : अधिकारी

माधब पराजुली पर्वत,२०७४ जेठ २३ । विश्व वातावरण दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिकाले खानिगाउँमा बृक्षरोपण गरेको छ ।

संयुक्त राष्टसंघले तय गरेको प्रकृतिसँग हाम्रो सम्बन्ध, रहिरहोस् अनन्त भन्ने मूल नाराका साथ सोमबार बिभिन्न ठाउँमा कार्यक्रम गरे सगैँ नगरपालिकाले पनि खानिगाउँमा बृक्षारोपण गरेको हो । प्रत्येक वर्ष जुन ५ तारिखमा नेपाल लगाएत विश्वभर यो दिवस मनाउने गरिन्छ ।

लप्सीको विरुवा बृक्षारोपण गर्दै नगरउपप्रमुख मञ्जु अधिकारीले विश्व वातावरण दिवस एक अन्तराष्ट्रिय दिवस भएको भन्दै यो दिवस पर्यावरण प्रति वैश्विकस्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाउनुपर्नेमा जोड दिईन् ।

उनले सम्बन्धको आधारमा मान्छेको तुलना हुन थालेपनि मान्छेको प्रारम्भिक उपस्थिति प्रकृतिको कृपाले मात्र सम्भव रहेको बताईन । बाताबरण भन्नाले आर्थीक,भौतिक,सांस्कृतिक लगाएतका पक्षहरु पर्छ उनले भनिन् हावा अनि पानीको वरिपरि झुम्मिएको मानवको जीवन प्रकृतिको देन र कृपा हो ।

उनले आफुले रोपेको बृक्ष हुर्कोस,फलोस,फुलोस भन्दै यसको संरक्षणमा सम्पुर्ण समुदायको साथ मिल्ने आशा पनि व्यक्त गरिन । एउटी आमाले बच्चा जन्माएपछी लालन, पालन, शिक्षा, दिक्षा सबै गर्छीन बिरुवा हुर्काउन पनि त्यस्तै गर्नुपर्छ उहाँले भनिन् बिरुवाको र हाम्रो सम्बन्ध नङ र मासुको छ ।

नगर कार्यकारी अधिकृत मोती प्रसाद सापकोटाले आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाउनुपर्ने बताउदै काठ हैन रुखलाई माया गर्न सिकाउनुपर्नेमा जोड दिए । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ उनको भनाई थियो ।

बृक्षारोपणमा बिभिन्न बिधालयका बिधार्थीहरु,शिक्षक,बिभिन्न सघंसस्थाका प्रतिनिधी लगाएतको उपस्थितीमा चाँप,लप्सी र रायो खनियो लगाएतका बिरुवा रोपिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply