विजय राना, बागलुङ, २०७४ जेठ २४ । बागलुङको जैमिनी नगरपालिका (जैनपा) १ कुश्मिसेरामा बुधबार सार्वजनिक वित्तिय व्यवस्थापन सम्बन्धमा सरकारी निकायका पदाधिकारीहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला पेथा कार्यालय इकाई कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले कार्यालयले खर्च प्रणालीलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिएका थिए ।
वित्तिय पारदर्शिताको अभावमा देशमा सुु–शासन कायम हुन नसक्ने बताउँदै सहभागिहरुले प्रत्येक कार्यालयले वित्तिय पारदर्शिता राख्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, प्रमुख कोष नियन्त्रक रामजी प्रसाद शर्मा र जैनपा वडा न ४ का वडा अध्यक्ष भक्तबहादुर थापाले बोलेका थिए ।
जैनपाका कार्यकारी अधिकृत विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लेखा अधिकृत ढाकाप्रसाद शर्माले गरेका थिए ।