कविता घर्तीमगर, पोखरा, २०७४ जेठ २४ । केही बर्ष अगाडि रुपातालमा प्रशस्त रुपमा पाईने कमल र सिमल काँडे हराउदै गएका छन् ।
क्षेत्रफल गहिराइको हिसाबले पोखरा लेखनाथ महानगपालिका भएका नौ ताल मध्य रुपाताल तेस्रो ठुलो ताल हो । यस तालमा पाईने कमललाई औषधीको रुपमा प्रयोग गरिन्छ । कमलको पात, काण्ड, फुल, बिउ र जरालाई गर्मी भएको वा कमलपित्तको औषधी रुपमा बढि प्रयोग हुन्छ ।
तर केही समय यता यो फुलविस्तारै हराउदै गएको छ । कमल हराउदै जानुको कारण नै माछापालन रहेको रुपताल पुनस्थापना तथा मत्स्यपालन सहकारीका कार्यलयका प्रमुख सूर्य थापाले जानकारी दिए ।
थापाले तालमा अहिले २४ प्रजातिका माछा रहेको जानकारी दिए् । थापाले भने, ग्रासकार, कमनकार जातका माछाले कमललाई र तालमा भएका अन्य झारलाई खाने गर्छ ।
उनले माछाले कमललाई खाएको र तालका माछा घटेमा कमल विस्तारै फैलिदै जाने पनि बताए । केही समय अगाडिबाट रुपताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले जमनकुना आमा समुहलाई र रुपाताल पुनस्थापना तथा मत्स्यपालन बचत तथा ऋण सहकारी कमल
संरक्षण गर्ने जिम्मा दिएको छ । आमा समुहले थोरै क्षेत्रफलमा मात्र कमलको संरक्षण गरेको थापाले जानकारी दिए । २०५८ साल सम्म लगभग ४० रोपनी क्षेत्रफलमा कमल फैलिएको थियो ।
२०५९ सालमा कमनकार र ग्रासकारको भुरा तालमा छाडेपछि विस्तारै कमल हराउदै गएको हो । तर अहिले जम्मा १० रोपनी क्षेत्रफलमा कमल रहेको थापाले जानकारी दिए् ।
पहिलाको जस्तो धेरै क्षेत्रफलमा कमल फैलिएको छैन ःथापा भन्छन् । अहिले कमल जोगाउनको लागि सर्वसाधारणलाई औषधिको रुपमा प्रयोग हुने कमल सिधै लिन जान रोक लगाईएको छ ।
सहकारी संस्थाले माछाले खेतको धान खाएको जरिवाना तिर्नपर्ने कारण खेतमा माछा जान नमिल्ने गरी जाली लगाएको छ । तर कमल माछाले खान नमिल्ने गरी जाली भने लगाएको छैन मानिलाई मात्र रोकिएको छ ।
तालको वरपर र खोलामा २०६६ साल भन्दा अगाडि देखीने सिमलकाँडे अहिले देखीदैन । सिमलकाँडेलाई पनि माछाले नै खाएको थापाले जानकारी दिए् । सिमलकाँडे उम्रने बित्तिकै माछाले खाने गरेको थापाले जानकारी दिए् ।
कमल पोखरा लेखनाथ महानगपालिको नौ ताल मध्य रुपातालमा धेरै र अन्य केही तालमा कमलको जात देखाउने मात्र भएको थापाले जानकारी दिए । सोही बिषयमा रुपताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष कुलप्रसाल अधिकारीले सरकारी गैरसरकारी अन्य सामाजिक संस्थाले कमल संरक्षणमा अगाडि बढेको बताए । उनले भने हाम्रो संस्थाले पनि संरक्षणको काम गरिरहेको छ । उनले निश्चित ठाँउ मात्र छुट्टायर कमल संरक्षण गरेको जानकारी दिए ।