कोपिला कंडेल, बागलुङ २०७४ जेठ २४ । सुन्दर सम्बृद्ध बागलुङ निर्माणका लागि जिम्मेवारी र ईमान्दारीपुर्ण भुमिका निर्वाह गर्ने नवनिर्वाचित नगरप्रमुखहरुले प्रतिबद्धता जनाएका छन् ।
ब्यावसायिक पत्रकारिताको आधार, स्थानिय तह प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नारा सहित नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाले आयोजना गरेको नवनिर्वाचित जनप्रनिधीको स्वागत सहित पत्रकारिताको बिकासमा स्थानिय तहको भुमिका बिषयक अन्र्तरसंबाद कार्यक्रममा सहभागि बागलुङ र जैमिनी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुखहरुले यस्तो बताएका हुन् ।
जिल्लाको बिकासका गतिबीधीलाई अगाडी बढाउन एबं सुशाशन कायम गर्नका लागि संचारमाध्यम र स्थानिय जनप्रतिनिधी बिच समन्वय र सहकार्य हुनुपर्ने भन्दै उनिहरुले जिल्लाको समग्र बिकासका लागि सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बानपाका प्रमुख जनकराज पौडेलले स्थानिय समस्या समाधानका लागि जनप्रतिनिधी र पत्रकारबिच समन्वयकारी भुमिका रहनुपर्ने बताए । उनले नगरपालिकाको बिकासका आफ्नो कार्यकालमा जिम्मेवारी र जफाफदेहीताका लागि आफ्नो काम कर्तब्य र अधिकार पुरा गर्ने प्रतिबद्धता जनाए । उनले सहकार्यका नाममा कानुनको सीमा र क्षेत्रलाई नाघ्न नसकिने स्पष्ट पारे ।
त्यसैगरी जैमुनि नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले आगामी ५ बर्ष भित्रमा स्थानिय जनप्रतिनिधीले ईमान्दारिताका जनचाहना अनुरुप ध्यान केन्द्रित गर्नुपर्ने बताउदै जनताका प्रतिनिधीलाई संचारक्षेत्रले खवरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बानपाका उपप्रमुख सुरेन्द्र खडका, जैनपाका उपप्रमुख लिला राना, काठेखोला गाउंपालिकाका प्रमुख अमर बहादुर थापा, सहायक प्रमुख जिल्ला अधिकारी धुव्र गिरी, स्थानिय बिकास अधिकारी राम प्रसाद आचार्य, पत्रकार महासघंका केन्द्रिय सदस्य हरीनारायण गौतम लगायतले बोलेका थिए ।
सो अवसरमा पत्रकार महासघं बागलुङ्ग साखाका केन्द्रिय पार्सद रामकृष्ण शर्माले एक कार्यपत्र प्रस्तुत गरेका थिए भने कार्यपत्र माथि पत्रकार प्रकाश बराल, किरण आचार्य र सज्जन कुमार सिहं लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासघं बागलुका अध्यक्ष दिल शिरिषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।