काठमाडौ, २०७४ जेठ २५ । मलेशिया, थाईल्याण्ड घुम्न जाने भन्दै अबैध मार्गबाट अमेरिका पुगेका नेपालीहरुलाई त्यहाँको इमिग्रेसनले नियत्रणमा लिएर निष्काशन गर्न सुरु गरेको छ ।
निष्कासन हुनेमा रामेछापका टासी शेर्पा, रुकुमका तारक पुनमगर र धनीमान बुढा, कास्की पोखराका केशव थापा, कास्की हेम्जाका चित्रबहादुर थापा, मकवानपुरका रवीन्द्र बलामी र बागलुङका अमर बस्नेत छन् ।
अमेरिकी सरकारले अमेरिकाको विभिन्न ठाउँबाट अवैधरुपमा बसिरहेका सात जना नेपालीहरुलाई निष्काशित गर्दै उनिहरुलाई बुधवार अमेरिकी सेनाको एक चार्टर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ल्याएर छोडेको छ । अमेरिकी सरकारको यस कदमले बैध कागजात बिना अमेरिका बसिरहेका नेपालीहरुलार्ई समस्या पर्ने देखिएको हो ।
दलालहरु मार्फत अवैध बाटोगरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको आधिकारिक संख्या यकिन नभएपनि यसरी अमेरिकामा वसी रोजगारी गर्ने नेपालीहरुको संख्या निकै धेरै भएको विश्वास गरिएको छ भने अझै पनि दलालहरु मार्फत लाखौँ खर्चेर अमेरिका जानेक्रममा सयौँ नेपालीहरु बीच बाटोमा रहेका छन् ।