Sorry, that menu does not exist.
 

ग्रामिण बिकास मन्चव्दारा सञ्चालित आमा शिक्षा कार्यक्रमको शुभारम्भ !

छविलाल पाण्डे, बुर्तिवाङ २०७३ पुस २८ । ग्रामिण बिकास मञ्च अधिकारीचौरको आमा शिक्षा कार्यक्रमको बिहिबार प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले उद्घाटन गर्दै समाज र देश बदल्नका निम्ती युवा शतिmएक जुट भएमा असम्भब केहिमा पनी नभएको बताउँदै क्लबले थालेको अभियानलाई निरन्तरता दिन सबैले हातेमालो गर्नुपर्ने बताए ।
त्यस्तै गत साउन महिनामा आएको बाढिले पुर्याएको क्षेतिको अवलोकन गर्दै राज्य पक्षले यस बिषयमा हेरिरहेको र आफुले बाढी पीडितका लागि अझै सक्दो राहतका निम्ती प्रयत्न गर्ने बताएका थिए ।

शिक्षित आमा शिक्षित सन्तान भन्ने मुल उदेश्य सहित सँस्थाले अधिकारीचौर गाविसको वडा नँ १,३,४,५ र ६ वडामा आमा शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेसँगै आजदेखि बिधिवत सुचारु गर्न लागिएको हो । २०६९ सालदेखि सँस्थागत रुपमा आफना कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले पछिल्लो समय समाज रुपान्तरण मुलक अभियानमा लागेको सँस्थाका अध्यक्ष उमेश बुढामगरले बताए ।

कार्यक्रमलाई सञ्चालन गर्नका निम्ती सेभ द् युथ र सल्युट गार्खा द्धारा स्टेशनरी सामाग्रि र , रोट्याक्ट क्लब अफ बागलुङ व्दारा झोला उपलब्ध गराईएको थियो भने पाँच वडाका चार स्थानमा कार्यक्रम सञ्चालन गर्नका निम्ती चार जना शिक्षकको समेत ब्यबस्थापन गरीएको बताईएको छ । क्लबले देउसी भैला र स्थानीयको सहयोगबाट जस्ता कार्यबाट आर्थिक सँकलन गर्दै यस्तो कार्यमा सक्रियता देखाएको हो ।

कार्यक्रम सँस्थाका अध्यक्ष उमेश बुढामगरको अध्यक्षता क्लब सहसचिब प्रेम घर्तिमगरको स्वागत तथा प्रहरी निरीक्षक कृष्ण रानामगर, सेभ द् युथका सल्लाहकार ओम बहादुर खड्का, रोट्याक्ट क्लबका शिव केसी सेल्युट गोर्खा ट्रेकिङका राहुल पाण्डे, स्थानीय पत्रकार, साजसेवीहरु लक्ष्मण पुन, टेक बहादुर घर्ति, स्थानीय महिला समुहकी संयोजक हिरा कुमारी घर्ति, शिवालय माविका प्रअ देबेन्द्र छन्त्याल, स्थानीय समाजसेवी बुद्धिजिवी लगाएतको आतिथ्यता एवम मन्तब्य रहेको थियो ।

कार्यक्रम सँस्थाका सचिब प्रशान्त घर्तिमगरले सञ्चालन गरेका थिए ।

त्यस्तै बुर्तिबाङ स्थित उत्तर गँगा माविमा अपाँगता कक्षाका बिद्यार्थीलाई क्लबकै आयोजनामा २० हजार बराबरको खाद्यान्न, र फर्निचर हस्तान्तरण गरीएको छ । सोहि कार्यक्रममा क्बल अध्यक्ष उमेश बुढा र उत्तरगँगा माविका प्रअ धन बहादुर कुँवरको रहोबरमा प्रमुख अतिथी प्रजिअ पाण्डेले हस्तान्तरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply