बागलुङ २०७४ जेठ ३० । सांसद ज्ञानकुमारी छन्त्यालले नयां संविधान अनुसार स्थानिय निकाय देखि माथी सम्म महिलाहरुको हक अधिकारको लागि न्याय प्रकृयामा पहुच अभिबृद्धि हुनु पर्ने र महिलाको नेतृत्व स्थापित हुनु पर्ने बताएकी छन् ।
सांसद छन्त्यालले, आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानव अधिकार रक्षक संजालको संयुक्त आयोजना र नपर्वाचन क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा तमानखोला गाउपालिकाको खुंखानीमा आयोजित तालिमको उद्घाटन समारोहमा यस्तो बताएकी हुन् ।
उनले महिलाहरुले न्याय प्रकृयामा पहुचको लागि संविधान मार्फत सिहदरबार र जिल्लाको अधिकार गाउँ एवं नगरपालिकामां आएको बताईन् ।
कार्यक्रममां सत्कर्म नेपालको निर्देशक एवं मानव अधिकारकर्मी सिताराम थापाले युगौदेखि दोश्रो दर्जामा दरियर जिउन बिवस महिलाहरुबो न्यायमा पहुंच बढाउन र उनिहरुको जीवनस्तर उकास्न सहयोग पुर्याउन न्यायमा पहुंच क्षमता बिकास र आयआर्जन सहयोग कार्यक्रम गरेको बताए ।
कार्यक्रममा सागर छन्त्याल, तमानखोलाका जननिर्वाचित प्रतिनिधिहरु कुल बहादुर छन्त्याल, टीका परियार, च बहादुर बिक थम प्रसाद रसाईली, निर्मला बि क, गौमती कुमाल, यसै गरि डिलमांया पौबि, धनसरी कडेल लगायतले बोलेका थिए ।
तालिममा नेपालको संबैधानिक ब्यवस्था र महिला अधिकार, महिलाको न्यायमा पहुच प्रकृया, गाउँ र नगरपालिकामा महिलाको पंहुच र भुमिका, कृषिमुलक आयआर्जन र तरकारी खेती बारे अधिकारकर्मी सिताराम थापा र ज्ञानु थापा मगर, लगायतले प्रशिक्षण दिएका थिए भने सांसद छन्त्यालव्दार समापन समारोहमा उन्नत जातको तरकारीको बीउ बिजन पनि बितरण गरिएको थियो ।