Sorry, that menu does not exist.
 

बुर्तिबाङ उत्तरगंगा परिक्षा केन्द्रमा कक्षा ११ का ३३४ जना परक्षार्थी सम्मिलित हुदै

परीक्ष मर्यादित एवं शान्तिपूर्ण सम्पन्न गर्न परिक्षा सहयोग समिति गठन

प्रशान्त घर्ती मगर, बुर्तिबाङ, २०७४ जेठ ३१ । बुर्तिबाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भोलि असार १ गते विहिबारबाट शुरुहुने कक्षा ११ को परीक्षा मर्यादित बनाउने सम्वन्धमा छलफल भएको छ ।

उत्तरगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा परीक्षा केन्द्रका केन्द्राध्यक्ष धनबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा शान्तिपूर्ण वातावरणमा मर्यादित तवरले सम्पन्न गर्ने सन्दर्भमा छलफल भएको थियो । बैठकमा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीको विशेष उपस्थिती रहेको बैठकमा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रतिनीधि तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

बैठकले परीक्षालाई मर्यादित बनाउन वडा नं १ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य चित्रबहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय परीक्षा सहयोग समिती समेत गठन गरेको छ । जसका अन्य सदस्यहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुँराबहादुर कुँवर, शिक्षक अभिभाव संघका संयोजक धनबहादुर खत्री, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी सहायक निरिक्षक रोहित वि.क. र केन्द्राध्यक्ष धनबहादुर कुँवर रहेका छन् ।
उक्त उत्तरगंगा परीक्षा केन्द्रमा भिमगिठे माध्यमिक विद्यालय, देविस्थान माध्यमिक विद्यालय, शिवालय माध्यमिक विद्यालय, प्रभा माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालय गरी ५ विद्यालयका नियमित तर्फ २३४ जना र आंशिक तर्फ १०० जना विद्यार्थीहरुले परीक्षामा सहभागी हुने केन्द्राध्यक्ष कुँवरले जाकारी दिए ।

पूर्ण रुपमा विद्यार्थीहरुको सहभागीता रहेको खण्डमा पहिलो दिन १ गते २३४ जना, दोस्रो दिन २ गते २३६ जना र तेस्रो दिन ३ गते २७१ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुनेछन् । त्यसैगरी ४ गते १०० जना, ५ गते १०५ जना र ६ गते १२९ जना विद्यार्थीले परिक्षा दिनेछन् भने ७ गते यो परिक्षा केन्द्रमा सञ्चालन हुने विषय नभएकोले कुनै विद्यार्थी सहभागी हुने छैनन् । त्यस्तै, ८ गते ११४ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउँदा ९ गते भने मुस्लिमहरुको पर्व रमजान परेकोले सरकारले राष्ट्रिय विदा घोषणा गरेको छ । त्यसैगरी परिक्षाको अन्तिम दिन १० गते यस केन्द्रमा १८७ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply