Sorry, that menu does not exist.
 

बोवाङमा महिलाको न्यायमा पहुच र आयआर्जनका लागि तरकारी तालिम सम्पन्न

बुर्तिवाङ २०७४ असार १ । सांसद ज्ञानकुमारी छन्त्यालले महिलाहरुको लागि क्षमता बिकास तालिम र भौतिक निर्माणमा आफ्नो क्षेत्रमा निरन्तरता पूर्वक लागिरहेको बताएकी छिन् ।

सत्कर्म नेपाल, आमां मिलन केन्द्र, महिला मानव अधिकार रक्षकको संजालको आयोजना र संसद क्षेत्र बिकास कोषको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकाको बोवाङमा आयोजितमहिलाको न्यायमा पहुच र आयआर्जनका लागि तरकारी तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

सांसद छन्त्यालले महिलाहरुको अधिकार र बिकास निर्माणमा आफ्नो कार्यकालमा जनताका लागि काम गरेको बिवरण बाट प्रमाणित हुने पनि बताईन ।

कार्यक्रममा बोल्दै सत्कर्म नेपालको कार्यकारी निर्देशक तथा मानव अधिकारकर्मि सिताराम थापाले महिलाको राजनितिक, सामाजिक, आर्थिक रुपान्तरणका लागि उनिहरुको न्यायमा पहुच भयमा महिला अधिकार सुनिश्चित हुने र आर्थिक बिकासको लागि उन्नत प्रबिधिको खेतिपाति वास्तविक र ब्यबहारिक रुपमा गरेर जीवनस्तर उकास्न यो तालिम दुर्गम भेगमा गरिएको जानकारी दिए ।
जननिर्वाचित प्रतिनिधिहरुले महिला मात्र नभएर स्थानिय तहका प्रतिनिधिहरुलाई समेत यस्तो खालको क्षमता बिकासमा सहयोग निरन्तर गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्ने बक्ताहरु, सागर छन्त्याल, जनप्रतिनिधिहरु लिला बि। क।, असारि बिक, तारा प्रसाद बुढा, महिला संजालकि ख्याम कुमारी भण्डारी, खगिसरा पुन, समाजसेबि हेम प्रसाद बि। क।, नरेन्द्र बि क, बाल कल्बका रुपा बि। क, प्रेम कुमारि सुनाम लगायतले बोलेका थिए ।

लैंगिक समानता, महिलाको न्याय प्रकृया सुनिश्चितता, संबैधानिक अधिकार, स्थानिय तह सरकारको अधिबार र योजना तथा बजेट तर्जुमा प्रकृयामा महिलाको पहुच, आधुनिक खेतिपाति र तरकारी खेति लगायतको बिषयमा सहजिकरण गरिएको सहजकर्ता ज्ञानु थापा मगरले बताईन ।
तालिमको समापन समारोहमां सांसद ज्ञमा कुमारी छन्त्यालबाट आमा समूह र महिला जनप्रतिनिधि मार्फत उन्नत बिउबिजनहरु बितरण गरिएको थियो ।

जनप्रतिनिधि, हिमा कायतको अध्यतक्षता, डिलमाया पैबिको संचालन, ज्ञानु थापा मगरको स्वागत र सिताराम थापाले उद्देश्य माथि प्रकाश पारिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply