Sorry, that menu does not exist.
 

कतार एकता समाजव्दारा राजदूत मार्फत प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र प्रस्तुत

उद्धव मगर दोहाकतार २०७४ असार ६ । कतार नेपाली एकता समाजको प्रतिनिधी मण्डलले नेपाली राजदूतावासमा पुगेर प्रधानमन्त्रीलाई नवागत राजदूत मार्फत ९ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

समाजका अध्यक्ष लुमाकान्तपुन मगरको नेतृत्वमा व्दितिय उपाध्यक्ष, रामइन्द लथिङ्ग, कोषाध्यक्ष, धनबहादुर परियार, अन्तराष्र्टि«य नेपालीएकता समाजका सल्लाहाकार अर्जुन थापा, के.स सदस्य सुर्य सुवेदी, सचिवालय सदस्य हेमन्त वाईवा, सल्लाहाकार रेणु चौलागाई, वलदेव राना, सन्जु सुन्दास, हेमराज बस्नेत, विष्णु थापा, लक्ष्मण कोईराला, उद्धव मगर रहेको प्रतिनिधि मण्डलले कतारका लागि नेपालका नवनियुक्त राजदूत रमेश प्रसाद कोईरालालाई खादा ओढाई स–सम्मान स्वागत गरेको थियो ।

यस भेटघाट कार्यक्रममा आ–आफ्नो परिचय पश्चात प्रवासमा रहेका आम नेपाली मजदूरहरुको समस्याबारे वृहत तथा विभिन्न टड्कारो सम–सामयिक विषयमा छलफल भएको थियो ।

सो अवसरमा समाजका तर्फबाट नेपालका प्रधानमन्त्री समक्ष ९ वुदे ज्ञापनपत्र प्रस्तुत गरिएको थियो । ज्ञापनपत्र क्रमगत रुपमा संस्थाका अध्यक्ष लुमाकान्त पुनले पढेर राजदूत कोईरालालाई हस्तान्तरण गरेका थिए ।

यस्ता छन् प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएका मागहरु:

१.प्रवासी नेपालीहरुको सामाजिक सुरक्षाको ग्यारेण्टी गरियोस् ।

२.प्रवास नेपालीहरुको करार अवधिभर २४ घण्टा विमाको व्यवस्था गरियोस् ।

३.घरेलु कामदारलाई श्रम ऐन तथा मानवअधिकारको दायरा भित्र ल्याइयोस् ।

४.प्रवासी नेपालीहरुलाई प्रवास मै उच्च शिक्षा दिने व्यवस्था गरियोस् ।

५.कतार स्थित नेपालीकामदारहरुको न्यूनतमपारिश्रमिकमासिक क.रि १५००÷– कायमगरियोस् ।

६.प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिकप्रतिनिधित्वको ग्यारेण्टि गरियोस् ।

७.नेपाल सरकार र कतार सरकार विच भएको त्यस अघिको श्रम सम्झौताको पुनमुल्याँकन गरी श्रम प्रतिनिधिको सहभागितामा पुनश्रम सम्झौता गरियोस् ।

८.मेनपावर कम्पनीहरु खारीजगरी सरकाद्धारा कामदार पठाउने व्यवस्थागरियोस् ।

९. संघीयता खारिज गरी पुर्ण प्रजातान्त्रिकविकेन्द्रिकरण सहितको स्थानिय स्वशासनमा आधारित राज्य प्रणाली स्थापना गरियोस् ।

कतार नेपाली एकता समाजले प्रधानमन्त्री समक्ष पेश गरेको ९ बुँदे ज्ञापनपत्रबारे राजदूतावासका अधिकारी मणिरत्न शर्माले स्पष्ट पारेका थिए ।
सो अवसरमा राजदूत कोईरालाले छलफलको क्रममा उठेका विषयहरु जटिल भएको र त्यस्ता विषयहरु नेपाली राजदूतावासले गर्न सक्ने काम यहाँको सरकारसंग उठाउने प्रतिवद्धता व्यक्त गर्दै ज्ञापनपत्र प्रधानमन्त्री समक्ष पुयाउने बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply