छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ असार ६ । ढोरपाटन नगरपालीकाको वडा नँ १ बुर्तिबाङमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्यन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कायालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बाग्लुङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अबसरमा नेपाल सरकारले सुर्तिजन्य पर्दाथको रोकथाम तथा नियमनको बिषयलाई प्राथमिकतामा राख्दै, सुर्तिजन्य पर्दाथको ऐन नियन, बेचबिखनको अबस्था, लगाएतका बिषयमाथि अभिमुखिकरण गरीएको हो ।
ईलाका प्रशाशन कार्यालय बुर्तिबाङका प्रमुख जनक थापाको अध्यक्षता रहेको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धुब्र गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङका फिल्ड सुपरभाईजर चुडामणि कँडेलले कार्यक्रमको बिषयबस्तु बारे जानकरी गराउँदै धुम्रपानको अबस्था रोकथामको बिषयबस्तु, बर्तमान अबस्था, लगाएतका बिषयमाथि अवगत गराएका थिए ।
तथ्याङक अनुसार नेपालमा प्रति दुई घण्टामा धुम्रपानका कारण एक जना रोगिको ज्यान जाने गरेको । बर्षमा १५ हजार बढिको ज्यान जाने गरेको, बार्षिक ४८ अर्ब धुम्रपानबाट लाग्ने रोगका कारण उपचारमा खर्चनु परेको र नसर्ने रोगमध्ये करीब ८० प्रतिशत रोग धुम्रपान तथा मधयपानका कारण हुने गरेको बताए ।
त्यस्तै सुर्ति जन्य पदार्थको सेवन बिकराल भईरहेको अबस्थामा सरकारले यस्तो अबस्थालाई नियमन गर्न कडाई गर्दे सार्वजनिक सँस्था, सडक, बिधालय सरकारी कार्यालय तथा सो भन्दा १ सय मिटर आसपासका क्षेत्रमा सुर्तिजन्य पर्दाथ सेवन तथा बेचबिखन गर्न नपाईने, नियमलाई कार्यान्यनमा ल्याएका कारण यस्तो अभियानलाई प्रभाबकारी बनाउँदै समाजमा सुर्तिजन्य पर्दाथको नियमनका निम्ती सबैले सहयोग गनुपर्नेमा जोड दिईएको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथी सहायक प्रजिअ धुब्र गिरीले बोल्दै आफुबाटै सुर्तिजन्य पर्दाथको सेवनलाई रोक्न सके अरुलाई भन्न सजिलो हुने र चेतनशिल एक ब्यातिmले सुर्तिजन्य पर्दाथले हानी पुर्याउने बिषयमा समाजमा जानकारी गराएमा थप प्रभाबकारी हुने बताउँदै यस्तो कार्यक्रम ल्याइएको बताए ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधिहरु, बुर्तिबाङ स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख, विभिन्न विद्यालयका शिक्षक, पत्रकार एवं संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।