Sorry, that menu does not exist.
 

प्रधानाध्याकको चरम लापर्बाहीले २२ जना विद्यार्थीको परीक्षा अन्योलमा !

प्रअ माथि कार्बाही गरी परीक्षा दिने व्यवस्था मिलाउन सम्वद्ध निकायमा आग्रह !

राम सुवेदी, बुर्तिवाङ २०७३ पुस २९ । बागलुङ जिल्लाको सुदूर पश्चिम निसी गाविस स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीको परीक्षा फर्म वापतको रकम समयमै बैंकमा जम्मा नगरिएपछि प्रवेशिका (एसएलसी) ग्रेडिङ परीक्षा दिनबाट वञ्चित हुने सम्भावना देखिएको छ । विद्यालयका प्रधानाध्यापकको चरम् लापर्बाहीले २२ जना विद्यार्थीको परीक्षा दिनबाट वन्चित हुने अवस्था आएपछि बिद्याथी अभिभावक तथा स्थानीयवासी आक्रोशित भएका छन् । उनिहरुले यस्तो गैह्रजिम्मेवार प्रधानाध्यापकलाई तुरुन्तै कार्बाही गरी २२ जना बिद्यार्थीलाई परीक्षा दिने व्यवस्थ गर्न सम्वद्ध निकायमा अनुरोध गरेका छन् ।

विद्यालयका तर्फबाट गत मंसिर २९ गतेसम्म बैंक खातामा जम्मा गर्नुपर्ने परीक्षा फर्म बापतको प्रति विद्यार्थी ५ सय ५० रुपैयाँ समयमै जम्मा नभएपछि एसएलसीको ग्रेडिङ परीक्षा दिनबाट त्यस विद्यालयका विद्यार्थी वञ्चित हुने जिल्ला शिक्षा कार्यालय बागलुङले जनाएको छ ।

विद्यालयले जिल्ला शिक्षा कार्यालयको खातामा १२ हजार १ सय रुपैयाँ नबुझाउदा विद्यार्थी परीक्षा दिनबाटै बञ्चित हुने अवस्था सिर्जना भएको हो ।

जिल्ला शिक्षा कार्यालय बागलुङका परीक्षा शाखा प्रमुख हरि आचायका अनुसार निसीका २२ विद्यार्थीको परीक्षा फर्म विद्यालयको लापरवाहीका कारण बैंकमा दाखिला नगरेपछी यो अवस्था आएको हो । ‘अब यो समस्याको जिल्ला तहबाट समाधान गर्न असम्भव भइसकेको र परीक्षा बोर्डले मात्र थप निर्णय गरे मात्र सम्भव छ’ आचार्यले भने ।

विद्यालयको लापरवाहीले आफूहरु परीक्षा दिनबाट वञ्चित हुने अवस्था आएपछि आक्रोशित विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी समेत गरेका थिए । पछि अभिभावकहरुको पहलमा ताला खोलेर समस्याको समाधानका लागि प्रेम घर्तिको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति समेत बनेको छ ।

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम घर्तिले, समस्या आएपछि त्यसको समाधान के कसरी गर्ने भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासनले जिल्ला शिक्षा कार्यालयमा समन्वय गरि समस्या समाधानको उपाय खोज्न तर्फ आफूहरु लाग्ने बताएका छन् ।

यस्तो समस्या कसरी उत्पन्न भयो भन्ने सन्दर्भमा विद्यालयका प्रधानाध्यापक धनबहादुर घर्तीले आफूले अरु कोही साथीलाई फर्मको रकम राजश्व खातामा जम्मा पार्न भनेको तर समयमा बैंक दाखिला हुन नसकेपछि यस्तो समस्या आएको बताए ।

समयमै राजश्व जम्मा नगरेका कारण आगामी चैतमा हुने ग्रेड बृद्धि परीक्षा दिन नपाउने अवस्था आएको छ । उता जिल्ला शिक्षा कार्यालयले यस बारेमा परीक्षा नियन्त्रण कार्यालय र परीक्षा बोर्डमा ध्यानाकर्षण गराएको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply