Sorry, that menu does not exist.
 

भागबण्डामा गरिएको न्यायाधीश नियुक्तीप्रति राप्रपाको घोरआपत्ति !

काठमाडौ २०७३ पुस २९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनैतिक भागबण्डाका आधारमा उच्च अदालतका न्यायाधीश नियुक्त गरेकामा घोर आपत्ती जनाएको छ ।
पार्टीले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी स्वतन्त्र, स्वच्छ र निष्पक्ष हुनुपर्ने न्यायालयमा पार्टीको भागवण्डाको आधारमा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रता जस्ता लोकतन्त्रको आधारभूत मान्यताको उपहास एवं उल्लंघन भएको बताएको छ ।

पार्टी प्रवक्ता राजाराम श्रेष्ठव्दारा हस्ताक्षरित विज्ञप्तीमा उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि मध्यरातमा भएको निर्णयमा पुनर्विचार गर्न राप्रपा माग गर्दछ भनिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply