थम्मन थापा सन्देश गल्कोट २०७४ असार ९ । नेपाल टेलिकम बागलुङले जिएसएम मोवाईल सेवा विस्तारको क्रमलाई तिव्रता दिएको छ । ग्रामीण क्षेत्रमा सर्भसुलभ भ्वाईस र डाटा सर्भिस उपलब्ध गराउने लक्ष्य अनुरुप गलकोट नगरपालिका १ दुदिलाभाटी झॉक्रीस्थानमा नयॉ टावर निर्माण पछि सञ्चालनमा ल्याईएको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
दुदिलाभाटी र आसपासका क्षेत्रमा नेटवर्कको सहज पहुच पुर्याउने उद्येश्यले उक्त नयॉ नमस्ते मोवाईल टावर निर्माण गरिएको हो । टावरबाट अहिले टु जि र थ्रि जी सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
सेवा सञ्चालनमा आएपछि दुदिलाभाटी, नरेठाँटी, हटियाका उपभोक्तहरु थप लाभान्वित भएका छन । यो टावर सञ्चालनमा आए सॅगै गलकोट क्षेत्रका अधिकांश भुभागमा टेलिकमको अत्याधुनिक प्रविधिको थ्रि जी सहितको सेवा पुगेको छ ।
ग्रामिण क्षेत्रमा वायरलेस प्रविधिको मोवाईल सेवा निकै सहज र भरपर्दो हुने नेपाल टेलिकम बागलुङका ईन्जिनियर अमृत नेपालले बताए ।
टेलिकमकले अब छिट्टै नै जिल्लाको दर्लिङ, सुखौरा र खुङगाबाट जिएसएम मोवाईल सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।