Sorry, that menu does not exist.
 

बेलबगर काली किनारमा भेट्टिएको शव कसको भन्ने एकिन भैनसकेको प्रहरीको दाबी !

पर्वत २०७४ असार १० । बागलुङ जिल्लाको जैमीनी नगरपालिका-८ जैदी बेलबगर कालीगण्डकीको किनारमा फेला परेको शव पर्वत कुस्मा नगरपालिका- १ पाङका युवक नारायण प्रसाद पौडेलको भएको समाचार सार्वजनिक भएपछी मृतक पौडेलको हत्या वा आत्महत्या के हो भन्ने व्यापक टीका टिप्पणी भैरहेको अवस्थामा उक्त शव पाङका युवक नारायण प्रसाद पौडेल कै हो भन्न नसकिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीको यस भनाईले घटना थप रहस्यमय बनेको छ ।

२०७४ साल असार ४ गते विहान ९ बजेको समयमा जैमीनी नगरपालिका-८ बेलबगर कालीगण्डकी किनारमा फेला परेको शव सडे गलेको अवस्थामा रहेकोले आवश्यक मुचुल्का गराई त्यहि गाडिएको जिल्ला प्रहरी कार्यालय, बागलुङ जानकारी दिएको थियो ।

शव भेटिएको ४ दिन पश्चात असार ७ गते बुधवार विहान उक्त शवको तस्वीर बेपत्ता भएका पौडेलकी आमालाई देखाउदा आमाले छोराले लगाएको बुटिक माला छिद्रा दाँत हातमा बाँदेको डोरो नङ लगाएत बाट चिनेको बताएकीले शो शव बेपत्ता पौडेलको भएको समाचार प्रकाशमा आएको थयो । तर जिल्ला प्रहरी कार्यालय पर्वतले एक विज्ञप्ती प्रकाशित गरी सडेगलेको अवस्थामा भेटिएको शबलाई माला र अन्य आधारमा आमाले पहिचान गरेपनि अझै स्पष्ट हुन नसकेकाले डिएनए टेष्ट गर्ने र मृत्युको कारण पत्ता लगाउनका लागि पोष्टर्माटम गर्न काठमाण्डौ पठाइएको जानकारी दिएको छ ।

उता, बागलुङको जैमिनी नगरपालिकाको बेल बगरमा फेला परेको उक्त शब पौडेलको हुन सक्ने आशंकामा असार ५ गते नै आफन्त पुगेपनि पहिचान गर्न नसकेपछि प्रहरीले सडेगलेको भएकाले खाल्डो खनेर गाडेर फर्केको थियो । शब राम्रो संग पहिचान गर्न भनेपछि फेरी पुगेको अवस्थामा माला र दाँतका आधारमा पौडेलको नै भएको परिवारले बताएका छन ।

२० वर्षिय शिक्षक पौडेल विगत १ महिना पहिले देखी कुनपा आइबल एकेडेमीमा पढाउन सुरु गरेका थिए । उनले विद्यार्थीलाई चरम यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यार्थीका अभिभावक र्सग माफी माग्न दवाब दिँदै विद्यालय नआउन भने पछी पौडेल बेपत्ता भएको श्रोतले बतायो । गत जेठ २४ गतेदेखि वेपत्ता भएका शिक्षक पौडेल अन्तिम पटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भएपनि त्यसपछि उनी सम्पर्क बिहिन बनेका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको थियो । कुस्मामा रहेको कोठामा पकाउन तयार पारेको तरकारी र धुन ठिक्क पारेका लुगा भेटिएका थिए ।

घटनाका बारेमा प्रहरीले जारी गरेको अनुरोधको पुर्णपाठ:

जिल्ला प्रहरी कार्यालय पर्वतको अनुरोध

जिल्ला पर्वत कुश्मा नपा वडा नं १ पांगथर स्थायी वतन भई कुश्मा नपा वडा नं ५ मेलमिलाप चोकमा डेरा गरी बसी ऐ वडा नं। ९ कटुवा चौपारी स्थित् आइबल एकेडेमीमा पढाउने वर्ष २० को नारायण पौडेल मिति २०७४/०२/२५ गते बिहान अन्दाजी १०.१५ बजेबाट घरपरिवारसँग सम्पर्क विहीन भएकोले आफन्त लगायत वरपर खोजतलास तथा सम्पर्क गर्दा कहीं कतै फेला नपरेकोले खोजतलास गरी पाउँ भनी मिति २०७४/०२/२८ गते हुलिया सहित यस कार्यालयमा निवेदन प्राप्त भएको सम्बन्धमा यस कार्यालयबाट तत्काल प्रहरी टोली खटी निजको डेरा कोठामा गई हेर्दा शंकास्पद अवस्था देखिएको हुँदा निजको खोजतलासको लागि पचहत्तरै जिल्लामा हुलिया परिपत्र समेत गरिएको । सोही क्रममा निजले पढाउने विद्यालयका प्रिन्सिपल, निजले पढाउने विद्यार्थीका अभिभावकहरु, निज हराउनु भन्दा पहिला भेटेका व्यक्तिहरु लगायतलाई यस कार्यालयमा झिकाई सोधपूछ तथा अनुसन्धान गर्दै गरेको अवस्थामा मिति २०७४/०३/०४ गते जिल्ला बागलुंग जैमिनी न।पा। वडा नं। ८ बेलबगर स्थित् कालीगण्डकी नदीको तीरमा सडी गली सकेको अवस्थामा एक मृत शव फेला परेकोले शंका लागी निज नारायण पौडेलका आफन्तलाई खबर गरी उक्त स्थानमा पठाउँदा पहिचान गर्न नसकी फिर्ता भएकोले लाश सडी गली सकेकोले पोष्टमार्टम गर्न नसकिने मुचुल्का खडा गरी जिल्ला प्रहरी कार्यालय बागलुंगबाट खटिएको टोलीले त्यहीं नदी किनारको बगरमा गाडेर फर्की आएको ।
मिति २०७४/०३/०६ गते पुन: निज नारायण पौडेलको आफन्तहरुले उक्त मृत शरीर नारायण पौडेलकै हुन सक्ने भनी शंका व्यक्त गरेपछि सो दिन पनि निज नारायण पौडेलको बाबु लगायत अन्य आफन्तहरु शव भएको स्थानमा गई जिप्रका पर्वत तथा बाग्लुंगबाट गएको टोली समेतको सहयोगमा गाडिएको स्थानबाट झिकी हेर्दा निजको बाबु समेतबाट पहिचान हुन नसक्ने अवस्था भएपछी लाशको घाँटीमा लगाएको गोलीको माला, जनै लगायतका वस्तुहरु निकाली घरमा आई निजको आमालाई देखाउँदा माला आदिको आधारमा उक्त लाश हराइरहेको नारायण पौडेल कै हो भन्ने खुल्न आएपछि भोलिपल्ट मिति २०७४/०३/०७ गते बागलुंग प्रहरीले आफन्तहरुको सहयोगमा लाशलाई पुन: गाडिएको स्थानबाट झिकी आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने क्रममा सडी गली सकेको अवस्थाको लाशबाट विशेषज्ञको अभावमा मृत्युको कारण तथा अनुसन्धानको लागि आवश्यक अन्य विवरण खुल्न नसक्ने महसूस गरी पर्वत तथा बागलुंग अस्पतालका चिकित्सकहरुसंग समेत समन्वय गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, काठमाण्डौका वरिष्ठ फरेन्सिक विशेषज्ञ डा। हरिहर वस्तीसंग सम्पर्क गर्दा समेत प्राप्त सुझाव अनुसार लाशलाई पोष्टमार्टम० का लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको । साथै शव पहिचानमा अझ पनि दुविधा नै भएकोले र अनुसन्धान भनेको ९९५ सही भएर १५ मात्र पनि शंका उत्पन्न भएको अवस्थामा सो १५ विषय पनि निवारण गर्नुपर्ने विषय भएकोले शत प्रतिशत कन्र्फमेसन को लागि डीएनए परीक्षणबाट मात्र सम्भव हुने भएकाले म्ल्ब् परीक्षणको लागि नमूना निकालिदिन समेत अनुरोध गरिएको ।

यसै क्रममा मिति २०७४/०३/०९ गते सो मुद्दाको सम्पूर्ण मिसिल समेत जिप्रका बागलुंगबाट यस कार्यालयमा प्राप्त भएको । त्यस्तै अनुसन्धानको सिलसिलामा सम्मानित पर्वत जिल्ला अदालतबाट अनुमति लिई घटनासंग सम्बद्ध हुनसक्ने सबै व्यक्तिहरुको आवश्यक ऋबिि म्भतबष्कि च्भअयचम अध्ययन गर्ने देखि लिएर उपलब्ध श्रोत साधनको उपयोग गर्दै अनुसन्धानका सम्पूर्ण उपायहरुको अवलम्बन भैरहेको । त्यस्तै पीडित नारायण पौडेलको खोजतलास गर्ने क्रममा प्रहरी कुकुर झिकाई सहयोग लिन खोज्दा प्रहरीलाई खबर गर्नु पूर्व नै निजको डेरा कोठामा अन्य व्यक्तिहरु समेत प्रवेश गरिसकेकाले अयलतबmष्लबतष्यल को कारणले त्यसको औचित्य नहुने सुझाव समेत प्राप्त भएकोले सो कार्य भने गर्न नसकिएको ।
अनुसन्धान र तहकीकातको क्रममा यस जिल्ला प्रहरी कार्यालय पर्वतबाट घटनासंग सम्बन्धित सम्पूर्ण सम्भावनालाई दृष्टिगत गरी हरेक कोणबाट निष्पक्ष ढंगले अनुसन्धान गर्दै रहेको व्यहोरा अवगत गराउंदै यस दु:खद घडीमा शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्न समेत अनुरोध गर्दछौं । साथै अनुसन्धानको क्रममा पोष्टमार्टम तथा म्ल्ब् तभकत को रिपोर्ट आदि प्राप्त नहुँदासम्म प्रहरी पनि कुनै निस्कर्षमा पुग्न नसक्ने हुँदा सम्पूर्ण स्थानीयवासीहरुलाई प्रहरीले गरेको अनुसन्धान प्रक्रियामा कुनै शंका उपशंका नलिईकन विभिन्न अफवाह र हल्लाको पछाडी नलागी बरु अनुसन्धानलाई सहयोग पुग्न सक्ने कुनै सूचना, जानकारी भएमा प्रहरीलाई उपलब्ध गराइदिनुहुन समेत आग्रह गर्दछौं ।
प्रहरीसंग सम्पर्क नराखी आफूखुशी अनधिकृत रुपमा बजारमा आउने हल्ला र अफवाहले अनुसन्धानलाई प्रभावित पार्ने मात्र नभई पीडित परिवारलाई पनि थप पीडा पुग्ने सम्भावनालाई समेत दृष्टिगत गर्नु भई धैर्यताका साथ अनुसन्धान प्रक्रियाबाट निस्कने परिणामको प्रतीक्षा गर्नुहुन समेत सम्पूर्ण आदरणीय आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनीहरुमा हार्दिक अपील गर्दछौं ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply