प्रेम सुनार, गुल्मी, २०७४ असार १६ । रेसुङ्गा नगरपालिकाको मतदान स्थलमा प्रहरीले अहिले साँझ देखि सुरक्षा व्यवस्था कडा बनाएको छ । दिउँसो सम्म पत्रकार सम्मलाई भित्र दिईएकोमा अहिले साँझ देखि पत्रकारहरुलाई पनि पहिलो तलामै राखेर माथील्लो तलामा मत गणना स्थल सुरक्षित पारिएको छ ।
वटा वडा मध्ये ९ वटा वडा मतगणना भई सक्दा मेयरमा नेपाली कांग्रेसका उमेदवार भुवनप्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले झिनो मतले पछ्याए पछि मतदान स्थल वाहिर एमालेका कार्यकर्ताहरुले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।
उसले विजयी जुलुस र नारावाजी गरेको केहि वेरमै त्यही हुल भित्र एक्कासी आएका कांग्रेस कार्यकताहरु एक्कासी आएर आम्ने साम्ने हुँदै नारावाजी गरे पछि प्रहरीले तत्काल थप प्रहरी वल परिसर भित्र र गेटवरी परी थपेको हो ।
११ हजार ५ सय ४५ मत खसेकोमा हाल सम्म ९ हाजर ७ मत गनिएको छ । त्यस मध्ये श्रेष्ठ ४७२३ मत आर्थत २०७ मतले अग्रता लिएका छन् भने ४५१६ मत ल्याएर भुसालले उनलाई पछ्याई रहेका छन् । वडा नम्वर १० मा एमाले प्यानलको मत झण्डै डेढ सयको अग्रता भएको र मेयर पदका उमेदवार भुसालको मत बढ्दै गएका कारण एमाले जन मतदान स्थल जिल्ला प्रशासन कार्यलय अगाडी नारावाजी गरेका थिए ।
एमालेले नारावाजी गरिरहेको स्थानमा फेरी नेपाली कांग्रेसका कार्यकर्ताहरु आएर नारावाजी गरेका थिए । त्यस पछि एमाले कार्यकर्ता एक तर्फ अर्को तर्फ कांग्रेसका कार्यकर्ता पनि जित कसको कांग्रेसको भन्दै नारावाजी लगाएका थिए । दुवै दलका कार्यकर्ताहरु आमने सामने भएर नारावाजी गरेपछि प्रहरीले सुरक्षा बल बढाएको छ । मतान्तर कम हुँदै गए पछि प्रतिष्पर्धा रोचक भएको छ र मतगणना स्थल वरीपरी निकै चहल पहल बढेको छ ।
यसैवीच मुसिकोट नगरपालीकाको मेयर पदमा एमालेले ३५७० मत ल्याएको छ भने उपमेयरमा ३४८६ मत ल्याएको छ । काँग्रेसले मेयरमा २९७० तथा उपमेयरमा ३०९८ मत ल्याएको छ ।
भर्खरै मात्र वडा नम्बर ४ को मतपरिणाम बाहिर आएको छ । एमालेबाट वडाध्यक्षका उम्मेद्वार भाइ ओम बहादुर खत्रीले ७९४ तथा उनका दाजु काँग्रेसका यम बहादुर खत्रीले ६४२ मत ल्याएका छन् ।
यसैगरी वडा नम्बर ५को वडाध्यक्षमा एमाले ४२८, नेपाली काँग्रेस २९९, माकेको ४९ मत आएको छ ।