प्रेम सुनार, गुल्मी, २०७४ असार १७ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उमेदवार यमबहादुर खत्रीलाई एमाले उमेदवार एवं आफ्नै सहोदर भाई ओभमबहादु खत्री ( केसी) ले हराएका छन् ।
भाई जिसीले ११६१ मत ल्याई विजयी भएका हुन । दाजु जिसीले ९२७ मत ल्याएर भाई संग पराजय भोगेका हुन् । दाजु जिसीले यस अघि नै रगतको नाता र राजनीति सम्वन्ध फरक भएको बताउँदै आएका छन् । ‘हाम्रो पारिवारिक सम्वन्ध हिजो जे थियो आज पनि उस्तै छ । चुनावी प्रतिष्पर्धामा भाईले जिते पनि मैले जिते पनि विजयी जुलुस हामी एउटै आँगनमा संगै मनाउछौं , यो जित हाम्रो परिवारको जित हो किन कि दुई राजनैतिक दलको रोजाईमा हाम्रो परिवार पर्नु गर्वको विषय हो’– दाजु जिसीले भने । भाईले पनि पारिवारिक सम्वन्धमा तिक्ताता नभएको बताउँदै जित हार पार्टी विचमा भएको तर दुई भाई विचमा नभएको बताए ।
चिठ्ठा थुत्दा पनि एमाले, स्थानिय तहमा एमालेलाई फलेको भाग्यः
सवा १२ वजे ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ४ मा कांग्रेस र एमालेका वडाध्क्षका उमेदवार दुवैले वरावरी मत ल्याए पछि गोला प्रथाद्धारा एमाले उमेदवार विजयी भएका छन् । नेपााली कांग्रेसका वडाध्यक्ष उमेदवार लिलाधर आचार्य र एमाले उमेदवार विजयकुमार मरासिनी दुवैले ४९३ मत ल्याएका थिए । भखैरै गरिएको गोलाप्रथामा पहिला गोला प्रथा थुथेका कांग्रेस उमेदवार आर्चाय पराजित भएका छन् भने एमाले उमेदवार मरासिनी विजयी भएका छन । तर वाहिरको माहोललाई मध्ये नजर गरी निर्वाचन कार्यालयले भने आधिकारीका घोषणा गरेको छैन् ।