बुटवलबाट बागलुङ भएर बुर्तिवाङलाई छुटेका गाडी लव्दी खोलामा अलपत्र,भाडा असुलीमा ब्रह्मलुट !
बिमल खड्का, बुर्तिवाङ २०७४ असार १९ । अबिरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग ठाउँठाउँमा अबरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । लब्दी खोलामा सवारी साधनहरु वारपार गर्न नसक्दा यात्रुहरु पैदल खोला तरेर अर्काे सवारी साधनमा भीङगीठे सम्म पुग्ने गरेका छन् । त्यहाँबाट बुर्तिवाङ पुग्न अर्को सवारी साधन फेर्नु पर्ने बाध्यतामा यात्रुहरु छन् । भीङगीठेमा पहिरो आएर सडक अवरुद्ध बनेपछी यो समस्या आएको हो ।
एकातिर यात्रुहरु सवारी साधन फेरी फेरी असुरक्षित यात्रा गर्न बाध्य छन भने अर्कोतिर सवारी चालकहरुले मनपरी भाडा असुलेर ब्रह्रमलुट गरिरहेका छन् ।
भीङगिठेमा गएको पहिरो निरीक्षण गर्न बुर्तिवाङबाट आएका एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा र बुर्तिवाङ ईलाका प्रहरी कार्यालयका प्रमुख प्रनि कृष्ण रानाले अवरुद्ध सडक खुलाउने आश्वासन दिएका छन् ।
यसैवीच गुल्मीको रुद्रवेनी सडकको उल्लीखोलामा ठुलो बाढी आएर हिँजो देखी सयौँ सवारी साधन अलपत्र छन् । उल्लीखोलामा सडक अवरुद्ध बनेपछी बुटवलबाट बुर्तिवाङलाई छुटेका सवारी साधनहरु बागलुङ बजार भएर बुर्तिवाङ आईरहेका छन् ।
बुटवलबाट बुर्तिवाङ सम्मलाई २ हजार सम्म भाडा तिरेर आउँदै गरेका यात्रुहरुलाई न्वारको लब्दी खोला पार गर्न नसकेपछी सवारी साधनले त्यहिँ नै ओराली दिएपछी अलपत्र परेका छन् । बुर्तिवाङ सम्मको भाडा लिएर लव्दी खोलामा यात्रुहरुलाई ओराली दिँदा त्यहाँ देखी बुर्तिवाङसम्म अर्को भाडा तिर्नु पर्दा मर्कामा परेको यात्रुहरुले बताएका छन् ।
लब्दी खोला पारीपट्टी अर्को सवारी साधन परिवर्तन गरी भीङगिठ र त्यहाँदेखी फेरी अको गाडी चेन्ज गरी बुर्तिवाङ सम्म जानु पर्दा यात्रुहरुले सास्ती व्यहार्नु परेका छ भने भाडा पनि दोहोरा तेहोर तिर्न परेको यात्रुहरुको गुनासो छ ।