Sorry, that menu does not exist.
 

स्थलगत रिपोर्ट : ‘माओेवादी–कांग्रेस जोडियो, एमालेलाई छोडियो’

प्रेम सुनार, गुल्मी २०७४ असार २० । म यति वेला गुल्मीको धुर्कोट गाउँपालिमा विजयी उमेदवारहरुलाई निर्वाचन कार्यालयले आयोजन गरेको सपथ ग्रहण तथा ओहदाको प्रमाण पत्र हस्तान्तरण कार्यक्रम स्थलमा छु । म २०६४ र २०७० सालको संविधान सभा निर्वाचनको रिर्पोर्टिङ्ग गर्न धेरै पटक आएको थिए ।

त्यति वेला कांग्रेस, एमाले र माओवादी विच चुनाव प्रचारका क्रमा एकले अर्कोलाई देख्यो कि आक्रमक हुन्थे । ठाउँ ठाउँमा झडप पनि भएको थियो । तर यति वेला तिनै हिजोका मुसा र विराला जस्ता युवाहरुको हित प्रेम यति नजिकिएको देखियो कि यत्तिको त भर्खर विवाह भएका वेहुला वेहुली वा भर्खर माया प्रेम वसेका प्रेमी प्रेमीका विच पनि हुँदैन होला ।

एउटा युवाले छातिमा चारतारे झण्डा अंकित टिर्शर्ट लगाएका छन् अर्कोले हँसिया हतौंडा अंकित टिशर्ट लगाएका छन् । एकले अर्कोको हात सङ्गलो पारेर वाजा तालमा झुमेका छन् । गीतको वोल यस्तो छ–‘कांग्रेस माओवादी जोडियो, एमालेलाई छोडियो … वाघको शालिका, एमाले किल्लामा धुर्कोट पालिका, …धुर्कोट पालिका,… धुर्कोटपालिका एमाले किल्लामा हाम्रो पालिका………..यस्तो गीत गाई सकेपछि चर्को हुटिङ्ग चल्छ र घन्किन्छ वाजा झुम्न थाल्छन युवाहरु । .’

फेरी नारा सुरु हुन्छ , माओवादी कांग्रेस जोडियो , एमाले किल्ला तोडियो …यहि नारा झण्डै एक महिना देखि घन्कियो धुर्कोट गाउँपालिका भित्र । सायद यहि नारा र कांग्रेस एमाले विचका सहमति पालनमा पुर्ण ईमान्दारिता भएर होला माओवादी केन्द्रका एक मात्र गाउँ प्रमुखमा भुपाल पोखरेल विजयी भएका छन् ।

यस जिल्लामा मात्र पहिलो र एक मात्र माओवादी केन्द्रको विजयी उमेदवार होईनन पोखरेल , यो रिर्पोट तयार पार्ने वेला सम्म लुम्विनी अञ्चलकै पहिलो विजयी उमेदवार हुन उनि । उनका लागि यो गाउँपालिका जित्न फलामको चिउँरा चपाउनु सरह थियो ।

तर एमालेको एक छापे गाविस भनेर चिनिने साविकको वाग्ला गाविस र हालको वडा नम्वर ७ ले नै माओवादी केन्द्रका पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका शिवबहादुर खत्रीलाई अन्य वडामा भन्दा बढि मत दिएर विजयी बनाए । चुनावी ईतिहाँसमा कांग्रेस , माओवादी दुवैका लागि यो ऐतिहाँसिक जित हो ।

उनिहरु सहित विजेता सवैलाई धुर्कोटका निर्वाचन अधिकृत लोकनाथ भुसाले सपथ खुवाउँदै ओहदाको प्रमाण पत्र प्रदान गरे । धुर्कोट गाउँपालिकाका कार्यकारी अधिकृत होमनाथ काफ्ले १०३ जनाले उमेदवारी दिएकोमा ३७ जना निर्वाचित भएका छन् ।

वाग्लाका कांग्रेसजनको गुनासो र खुशी

सपथ ग्रहण कार्यक्रम सकेर धुर्कोट गाउँपालिकाको वडा नम्वर ७ , साविकको वाग्ला गाविसमा पुगियो । त्यहाँका कांग्रेसजनले माओवादी , कांग्रेस गठबन्धनले जितेकोमा अलि सास आएको बताए । यो जितलाई उनिहरुले ऐतिहाँसिक जितका रुपमा लिएको बताउँदै वाजातालमा एक साथ नाचेर खुशीयाली बनाए ।

त्यहाँका कांग्रेसजनको आरोप यस्तो छ

– हामी वाग्लावासी कांग्रेस र माओवादी एमालेको राणशासनमा बाँचेका थियौं । अव मुक्त हुन्छौं कि भन्ने आशा पलाएको छ ।
– दल फेर्न पाउने अधिकार सवैलाई छ कि छैन ? यहाँ एमालेबाट कांग्रेसमा प्रवेश गरे पछि सरकारी सेवा सुविधाबाट बञ्चित गरिन्छ । पछिल्लो उदाहरण ग्रामिण महिला स्वास्थ्य स्वयम सेविक एमालेबाट कांग्रेसमा प्रवेश गरेपछि उनको जागिर खाई दिए ।
– चुनाव भरी त्रासामा बाँच्यौं । लुकेर हिड्नु प¥यो । कांग्रेसजनका ढोका हानियो, हाम्रा कार्यकर्ता अनिल बिकलाई घरको खाँवामा बाँधेर निर्घात कुटेर आफ्ना कार्यकर्ताले बोकेको खुकुरी उसलाई समात्न लगाएर तस्वीर खिचियो ।

– त्यहाँका कांग्रेस सचिव तिर्थराज घिमिरेले हामी माथीको एमाले ज्यादती जस्ताको त्यस्तै मिडियामा पुराई दिन आग्रह गरे
– पार्टी सभापति मधुराम पन्थी लगायतका कांग्रेजनले रुकम रोल्पा र वाग्लाको तुलना गरे

वाग्लाका कांग्रेस सभापति मधुराम पन्थी

केहि दिन अघि एमालेको विजयी सभालाई सम्वोधन गर्न गुल्मी आएका एमाले अध्यक्ष कोपी शर्मा ओलीले भनेका थिए कि रुकुम , रोल्पामा गणतन्त्र आउनु त परै जाओस वहुदल पनि आएका छैन । उनले माओवादी दवदवा र चुनावमा माओवादीलाई वाहेक अरु दललाई भोट हाल्न त्यहाँका जनतालाई स्वतन्त्र छैन भनेर भन्न खोजेका हुन् ।

पन्थीले भने रुकुम रोल्पामका जनतालाई वहुदल पनि आएको छैन भने झन हामी त यहाँ एमालेको राणा शासनमा दविएर , अत्यचार सहेर बसेका छौं । रुकुम रोल्पामा वरु विकास भएको छ । त्यहाँ जताततै बत्ति पनि बलेको छ तर वाग्लामा वत्तिको हालात यस्तो छ । सडकको हविगत देख्नु नै भयो । विद्युतका पोल रुखहरुमा लत्रेका छन् । तल पुल त बनेको छ तर पुलमा जाने बाटो बनेको छैन् । खै लगतार एमालेले २०÷२५ वर्ष वाग्लामा शासन गरेर के भयो ? रुकुम रोल्पा संग विकासमा वाग्ला दाँजे भई हाल्यो नि ।

एमालेबाट वाग्लामा विजयी वडाध्यक्ष भिमप्रसाद पन्थी
–कांग्रेसजनको सवै आरोप चुनावी हत्कण्डा हुन्
–ती अनिल बिकलाई शुनियोजित रुपमा पठाईएको छ , बिकले खुकरी बोकेको भन्ने सुनेको छु । उनलाई नियन्त्रणमा लिन खोज्दा कुटपिट भएको भन्ने सुनेको छु ।

–आफुहरु स्वयंम भएर बसेका थियौ, जिस्काउन पठाउने उहाँहरु नै हो
–एमालेले जागिर खाई दियो भन्ने आरोप झुटो हो , वडाले गर्ने निर्णय हो , मलाई त त्यो कुरा पनि थाह छैन् ।
–भुकम्प पीडित भुपाल बिक किन परेनन् पीडितमा हामीलाई थाह छैन, परे राम्रो हुने हो ।
– जे जति आरोपहरु एमालेलाई लगाईएको छ , त्यो सव गलत हो ।

फोटो धुर्कोट गाउँपालिकाको शपथ ग्रहण समारोहको

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply