Sorry, that menu does not exist.
 

केन्द्रिय बिद्युत प्रसारण लाईन बुर्तिबाङ जोडन कुँवरको संयोजकत्वमा समिती गठन

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ असार २० । केन्द्रिय बिद्युत प्रसारण लाईन बुर्तिबाङ सम्म विस्तारगर्नका लागि तत्काल कार्य सुरु गर्न नेपाली काँग्रेस ३ नं क्षेत्रका सभापति द्रोणकुमार कुँवारको संयोजकत्वमा ११ सदस्यीय सरोकार समिति गठन गरिएको छ ।

बुर्तिबाङ स्थित सरोकारवाला निकाय, राजनैतिक दलका प्रतिनीधि, बुद्धिजिवी, समाजसेवी , पत्रकार, बजारबासी लगाएतको मंगलबार भएको छलफलबाट कुँवरको संयोजकत्वमा सो सरोकार समिति गठन गरिएको हो ।

समितीको सदस्यहरुमा ढोरपाटन नगरपालिकाकी उपमेयर कर्मती पुनमगर, उद्योग बाणिज्य सँघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, राजनैतिक दलतर्फ नेपाली काँँग्रेसबाट शालीकराम शर्मा, नेकपा एमालेबाट ज्ञान प्रसाद कँडेल, माओबादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चाका दुर्गादेवी घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निम बहादुर भण्डारी, क्रान्तीकारी माओबादीबाट गुञ्ज बहादुर भण्डारी, नँया शक्तिबाट टेक बहादुर कुवँर रहेका छन् ।

समिती गठन सँगै समितीका संयोजक कुवँरले आफुले सबैसँग समन्वय गरेर तत्काल सम्बन्धित निकायमा पुगेर केन्द्रिय बिद्युत प्रसारण लाईन बुर्तिबाङ सम्म बिस्तार गर्न पहल अगाडि बढाउने बताएका थिए ।

गल्कोट नगरपालिका रिघाको मनेवा सम्म केन्द्रिय बिद्युत लाईन आईसकेका कारण बडीगाड गाँउपालिकाको खर्वाङ बजार हुँदै बुर्तिबाङ सम्म विस्तार गर्नु पर्ने हुन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply