शर्मिला बस्नेत, गल्कोट २०७४ असार २१ । सामाजिक स्वास्थ्य सुरक्षा बिकास समिति अन्तर्गत रहेर स्वास्थ्य बिमा गरेका ४० बर्ष भन्दा माथिका बिमित सदस्यहरुलाई कम्तिमा बर्षको एक पटक स्वास्थ्य जोखिम परिक्षण कार्यक्रम अन्तर्गत आज ग.न.पा ५र ६ भित्रका १२४ जना मध्ये ५८ जनाको स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । जस मध्ये ब्लड पे्रसर ब्लड सुगर युरिन प्रेटिन लगायतका ल्याब टेस्ट गरिएको छ ।
परिक्षणमा २ जनालाई सुगर र २ जनालाई पो्रटिन देखिएको छ । रोग देखा पर्ने बिरामीहरुलाई थप उपचारका लागि उपल्लो स्वास्स्थ्य सस्थामा पठाईएको छ । परिक्षण कार्यक्रममा आबश्यक औषधि र परामर्श दिदै आगामि दिनमा अन्य वडाहरुमा स्वास्थ्य जोखिम परिक्षण गरिने कुरा गल्कोट प्रथमिक स्वस्थ्य केन्द्र निमित्त प्रमुख डा. दिपेन्द्र भण्डारीले जानकारी दिए , कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा जिल्ला स्ांयोजक जिकलाल खरेलको सहजिकारणमा सम्पन्न भएको स्बास्थ्य बिमा कार्यक्रमका सहजकर्ता देबेन्द्र बस्नेतले बताए ।