Sorry, that menu does not exist.
 

बम ब्लास्टिङबाट तर्सिएका बाँदर गाउँ पस्न थालेपछी किसान चिन्तित !

केदार शर्मा, बागलुङ, २०७३ माघ २ । दक्षिण बागलुङको जैदीमा बादरले आतङक मच्चाउन थाले पछि किसान चिन्तित भएका छन । स्थानियले लगाएको अन्नबाली बादरले सखाप पार्न थालेपछि स्थानिय बासिन्दाहरु चिन्तित हुन थालेका हुन् ।

जैदी गाबिसका वडा नम्मर ७ ,८ र ९ मा बाँदरको आतंकले किसानहरु मर्कामा परेका छन । बाँदरले स्थानियले लगायको गहुँ, आलु, तरकारी तथा फलफुल बाली सखाप पारी घर भित्र पसि भण्डारण गरिएको अन्न बाली समेत सखाप पारेको जैदी ८ धुल्लुका रुपेश बिकले बताएका छन ।

बाँदरले आतङ्क मच्याउन थालेपछी घरका छानो च्यात्ने, महिला तथा बालवालिकाहरुलाई आक्रमण गर्ने, घरमा सञ्चय गरेर राखेको समान नाश गर्ने गरेको बिकको भनाई छ । खासै बाँदर नलाग्ने सो गाँउमा यति बेला कालिगण्डकी करिडोर खन्ने क्रममा बम बलास्टिङ भएकोले बाँदर गाँउ पसेको स्थानियको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply