घनश्याम गौतम, गल्कोट २०७४ असार २३ । गल्कोट समाज यु के ले गल्कोट नगरपालिका- ३ बोहोराफाँटका दुई बालबालिकालाई एक कार्यक्रमका बिच सहयोग हस्तान्तरण गरेको छ ।
गल्कोट समाज युकेका कोषाध्यक्ष भरत खत्री र राजु बोहोराको नेतृत्बमा गठित आर्थिक सहयोग समितीले संकलन गरेको रकम हस्तान्तरण गरिएको हो । समितीले संकलन गरेको १ लाख ५० हजार रुपैया गलकोट नगरपालिका- ३ बोहोराफाँटका १३ वर्षिया नविन बोहोरा र १५ वर्षिया वविता बोहोरालाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष भरत खत्रीले नेपाललाई जन्मथलो बनाएर विदेशमा दुःख गरिरहेका गलकोटे दाजुभाई तथा दिदीबहिनीहरुले आफुले कमाएको केहि अँश छुट्टाएर बाबु आमा गुमाएका ,आर्थिक अवस्था कमजोर रहेका ती अनाथ बालबालिकाहरुलाई सहयोग गरेको बताए । खत्रीले समाजव्दारा संकलित रकम मन कुमारी बोहोरा संरक्षक रहने गरि प्रभु बैक हटियामा बालबालिकाको नाममा खाता खोली जम्मा गर्ने गरि चेक हस्तान्तरण रेका हुन । सो रकम उनीहरुको शिक्षा दिक्षामा लगाईदिन समेत उनको आग्रह थियो । बैकमा संकलित रकम दुवै बालबालिका १६ वर्ष नपुगेसम्म अक्षयकोष रकम चलाउन नपाइने र सो अवधिसम्म व्याज मात्र प्रयोग गर्न सकिने उनले बताए ।
त्यस्तै कार्यक्रमका अवसरमा गलकोट नगरपालिका ३ का अध्यक्ष वीरजङ भण्डारीले गलकोट समाज युकेलाई धन्यवाद दिदै गलकोटबाट विदेशमा रहेर पनि गलकोटवासीलाई दुःख पर्दा सहयोग गर्नु सकारात्मक रहेको बताउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । उनले समाजले उक्त परिवारलाई दिएको रकम बच्चाकै पालनपोषण, शिक्षा स्बास्थ्यमा खर्च गर्न समेत आग्रह गरे । यस अघि जनसिजृनशील युवा क्लवले कपडा सहित नगद रु १० हजार रकम हस्तान्तरण गरेको थियो ।
कार्यक्रम गलकोट नगरपालिका ३ का अध्यक्ष वीरजंग भण्डारीको अध्यक्षता र वार्ड नं ३ र ४ का सचिव कुलराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।