Sorry, that menu does not exist.
 

क्यान्सरबाट मृत्यु भएका शैवीरको परिवारलाई सहयोग रक़म हस्तान्तरण

भरतप्रसाद सापकोटा, बागलुङ २०७४ आसार २४ । काठेखोला गाउँपालिका ६ बिहुँकोट हटिया मा बसि जापान लाई कर्मथलो बनाउदै आएका एन आर एन जापानका सदस्य साथै बिहुँकोट समाज जापान कन्साईका कोषाध्यक्ष प्रेम कडेलको तेतृत्वमा रु ५४२१० सहयोग संकल गरि पठाएको कडेलले बताएका छन् । उक्त रक़म बिहुँकोट समाज जापान का कोषाध्यक्ष नारायण कडेल राजु लाई उपलब्ध भएको थियो । शुक्रवार एक समारोहको आयोजना गरि उक्त रक़म हस्तान्तरण गरिएको हो। उक्त समारोहमा पीडित को तर्फ देखि काठेखोला गाउँपालि ५ मसुरखाल्डा बाटै मृतक शैवीरकी श्रीमती नानुमाया बि कलाई उक्त रक़म प्रदान गरिएको थियो।
सो कार्यक्रममा काठेखोला गाउपालिका ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल ज्योतिष खगराज कडेल बिहुँकोट समाज जापान का अध्यक्ष गौरीशंकर सुवेदी अमर माबिका प्रधानाध्यापक भीष्म कडेल दलित सदस्य हेमलाल वि क लगाएतले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
उक्त रक़म हस्तान्तरण गर्दै बिहुँकोट समाज जापानका अध्यक्ष सुवेदीले त्यो रक़म उनका नानबिाबुहरुको पढ़ाई र लालनपालनमा ख़र्च गरिदिनको लागि उनैको श्रीमती र आप्ःनत्लाई आग्रह गरेका थिए ।
शैविरको उपचारको लागि आर्थिक अभाव भएकै कारण ३५ बर्ष कै कलिलो उमेर उनको मृत्यु भएको थियो । उनक्ै साहारामा बिहान वेलुका हात मुख जोर्न बाध्य परिवारलाई उनको मृत्युले अबको जविन कसरी ज्युने होला भन्ने चिन्ताले सताईरहेको नानुमायाको भनाईछ।

उनले भावुक हुदै भनिन सम्पति भनेकै उहाँ हुनुहुन्थ्यो उहाँलाई नै बचाउन सकिएन अब यी ३ छोरी र १ छोरालाई कसरी लालनपालन र शिक्षादिक्षा र्ग्नर््े बिहान वेलुका कसरी हातमुखु जोर्ने भन्ने पिरोलो भएको बताउदै यसरी सहयोग जुटाईदिने प्रेम कडेल लगाएत सम्पुर्णलाई धन्यवाद दिएकी थिईन।
त्यस क्षेत्रम्ँ रहेका विभिन्न संघ संस्था हरु बाट पनि सहयोग रक़म जुटाएर आफुले पठाएको बताउने कडेल बैशाखमा नेपाल रहदा बिहुँकोट समाज जापानले उनै शैवीर लाई सहयोग रक़म हस्तान्तरण गर्न उनैको घरमा पुग्दा उनको त्यो बिजोग देखेपछि ब्यक्तिगत रुपमा नै रु १० हजार सहयोग गरेका थिए ।
उनको मन मा जापन पुगेर थप रक़म सहयोग मागि पठाउने बताएका कडेलले त्यो बाँचा पुरा गरेका छन्। बिगत ८र९बर्ष देखि जापान लाई कर्मथलो बनाएका कडेल ओशाका क्षेत्रमा होटल ब्यबसाय गर्दै आएका छन्। उनले देखाएको जुन सहयोगी भावना हो त्यसले आखिर एउटा नेपालीलाई चोट लाग्दा अर्को नेपालीको मन दुख्छ भन्ने कुरा प्रस्ट देखिएको पाईन्छ ।उनले भने मानविय सेवा नै धर्म भएको बताउदै त्यस्ता किसिमका भईपरि आउने त्यस्ता विभिन्न घटनाहरु मा यसरी मानवीय सेवा आफ्नो जीवन व्यतित गर्ने उनको भनाई छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply