Sorry, that menu does not exist.
 

पवित्र साकोस पोखरा र सिवाईसी साकोस बागलुङ विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुमन जि.सी. बागलुङ, २०७४ असार २४ । पवित्र बचत तथा ऋण सहकारी संस्था लि. पोखरा र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङ बिच संस्थाहरुले गरेका गतिविधिहरुको बारेमा शनिवार बागलुङ बजारमा एक आपासमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पवित्र साकोस पोखराका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुको संयूक्त टोलीले सहकारी सम्वन्धि फरक तथा नयाँ गतिविधिहरुको जानकारी लिने उद्देश्यले आ.व. ०७३।०७४ को सहकारी अध्ययन अवलोकन कार्यक्रमको केन्द्र विन्दु बागलुङमा रहेको सिवाईसी साकोसलाई बनाएका थिए ।

यहि क्रममा सम्पन्न छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दैै पवित्र साकोसका अध्यक्ष मिना रानाभाटले पवित्र साकोस पोखरा एउटा छुट्टै पहिचान भएको संस्था बताउदै संस्थालाई अझै संस्थागत र सहकारी अभियानमा अग्र स्थानमा ल्याउनका लागि अध्ययन अवलोकन भ्रमणको आयोजना गरिएको र पछिल्लो क्रममा देशभरमा सिवाईसीले गरेका गतिविधिहरुको धैरै नै चर्चा हुने गरेकाले आफुहरुले पनी अध्ययन अवलोकनका लागि सिवाईसीलाई नै छनौट गरेको बताईन ।

अन्तरक्रिया कार्यक्रममा समग्र बागलुङ जिल्लाको सहकारी अभियान र सिवाईसी साकोसले छोटो समयमा सञ्चालन गरेका वित्तीय तथा गैर वित्तीय सेवाहरुको बारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रममा पवित्र साकोस पोखराका सल्लाहाकार खड्क बहादुर रानाभाटले मोफसलमा रहेका एउटा सानो सहकारी संस्थाले पनी देशको विकासका लागि यति धैरै काम गर्न सक्दछ भन्ने उदाहरण सिवाईसीले दिएको बताए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम पवित्र साकोसका उपाध्यक्ष शिववहादुर रानाभाटले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका प्रवन्धक नवराज शर्माले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply