घनश्याम गौतम गल्कोट २०७४ असार २५ । गलकोट नगरपालिका वाड नं १ दुदिलाभाटी सिरबारेका स्ब भिम बहादुर भण्डारीको ९ दिनको पुण्य तिथिको अबसरमा शनिवार बिभिन्न सस्थाहरुले सामुहिक रुपमा श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् ।
शनिवार बिहान गल्कोट नगरपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो । गलकोट नगरपालिका बडा नं १ निबासी स्ब भिम बहादुर भण्डारीको नौ दिनको पुण्य तिथीको अबसरमा श्रद्धाञ्जली सभा सम्पन गरेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता रहेको सभा २ नं वडा अध्यक्ष हेमन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यस्तै गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडव्दारा सञ्चालित समाुदायिक रेडियो गलकोट एम एम १०२ थोप्लो ४ मेगाहर्ज, गलकोट पत्रकार समाज व्दारा सञ्चालित गलकोट खबर डट कम, बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाई, ग्लोबल आईएमई बैङक् गलकोट शखा र प्रेस युनियन गलकोट शाखाले सामुहिक रुपमा श्रञ्दाञ्जली सभा आयोजना गरेका थिए । गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमीटेडका अध्यक्ष गुमानसिहं बुढाथोकीको अध्यक्षतामा सञ्चालन भएको सो सोक सभामा, बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, ग्लोबल आईएमई बैङ् गलकोट शखाका प्रबन्धक हेमराज शर्मा, गलकोट पत्रकार समाजका अध्यक्ष मित्र खरेल र प्रेस युनियन गलकोटका संयोजक चन्द्रमणी न्योपाने लगाएतले स्ब.भण्डारीले समाजमा गरेका कामको प्रशंसा गदै स्बगीय आत्माको चिर शान्तीको कामना गर्दै, शोकाकुल परिबारजन प्रति समबेदना प्रकट गरेका थिए । स्ब.भिम बहादुर भण्डारीको असार १६ गते ५१ बर्षको उमेरमा निधन भएको थियो ।
कार्यक्रम सामुदायिक रेडियो गलकोट एफ एम.का स्टेशन प्रमुख घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
स्ब भण्डारीका श्रीमति ३ छोरी र २ छोरा छन् । जेठा छोरा गुमान सिंह भण्डारी गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमीटेडका शेयर सदस्य, सामुदायिक रेडियो गलकोट एफ एम १०२ थोप्लो ४ मेगाहर्जमा समाचार संयोजक, गलकोट पत्रकार समाजको महासचिब, गलकोट खबर डट कमका संम्पादक तथा गलकोट बहुमुखी क्याम्पसका स्बबियु सभापती लगाएतका सस्थामा आबद्ध छन् । हिजै गलकोट बहुमुखी क्याम्पसका स्बतन्त्र बिद्यार्थी यनियनले पनि श्रद्धाञ्जली सभा सम्पन्न गरेको बताईएको छ ।