Sorry, that menu does not exist.
 

कालिका देवीलाई रु ५ लाख ३१ हजार मुल्य बराबरको जग्गा दान गर्ने रुपा थापा सम्मानित !

विजय राना, बागलुङ २०७४ असार २५ । बागलुङ नगरपालिका-९ घर भई वडा -२ आर०एन०आर व्युटीपार्लर एण्ड कस्मेटिक सेन्टर संचालन गरी वस्ने रन्जु वस्नेत भन्ने रुपा थापाले पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा रहेको ३ रोपनी जग्गा आईतबार एक समारोहकावीच बागलुङ बालिका देवी गुठिलाई दान गरेकी छिन् ।


(कालिका मन्दिरलाई जग्गा दान : कुश्मा न.पा वार्ड नं.१ पाङ स्थित दम्मु खोला नजिक ३ रोपनी खेत हाल बानपा २ बसोबास गर्ने रुपा थापाले कालिका मन्दिरलाई शुक्रबार दान दिनु भएको छ । उक्त जग्गाको न्यूनतम सरकारी मूल्य ५ लाख ३१ हजार रहेको छ ।)

थापाले ५ लाख ३१ हजार रुपैयाँ मुल्य गरिएको आफ्नो नामको जग्गाको लालपुर्जा गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्कालाई हस्तान्तरण गरेकी हुन ।

कालिका भगवती गुठीले जग्गादाता थापालाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले थापाले मन्दिरलाई जग्गादान गरेर उदाहरणीय कार्य गरेको बताए ।

अरुलाई दान र सहयोग गर्ने प्रचलन कम हुँदै गइरहेको समयमा थापाले ५ लाख ३१ हजार रुपैयाँ पर्ने जग्गा दान गरेर समाजमा सकरात्मक सूचना दिएको प्रजिअ तिवारीको भनाई थियो ।

जग्गादाता थापाले स्वेच्छाले जग्गा दान गरेको बताउदै जग्गालाई बाँजो नराखी आम्दानीको श्रोत बनाउन समेत गुठि व्यवस्थापन समितिलाई आग्रह गरिन् ।

कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, सिवाईसी नेपालका चण्डिप्रसाद शर्माले समेत मन्तव्य दिएका थिए ।

कार्यक्रम कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तस्वीरहरु : एसराजु खडकाको फेसबुकबाट ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply