Sorry, that menu does not exist.
 

गल्कोटका अधिकाश सडक कुलोमा प्रयोग, हिलाम्मे सडकमा सवारी र यात्रुलाई सास्ती

घनश्याम गौतम गल्कोट २०७४ असार २५ । गलकोट नगरपालिकाका अन्तर्गतका अधिकाशं सडक हिलाम्मे बनेका छन् सडक हिलाम्मे बन्दा सबारी साधन सञ्चालनमा त समस्या छदै छ पैदल यात्रुलाई समेत यात्रा गर्न समस्या भएको छ । गलकोट नगरपालिका ििबभन्नि बडा अन्तरगतका ग्रामीण सडक अन्तरगत हटिया झारमौरा काडेबास सडकमा पानीले सडक त बिग्रिएको छ नै, सडकलाई पुर्ण रुपमा नहरको रुपमा प्रयोग गरिएको छ ।

मसुरबारी देखी झारमौराको खेतमा लगाइएको पानीको निकासको रुपमा मोटरबाटोलाई प्रयोग गर्दा बाटो हो की कुलो तथा नहर छुट्याउनै समस्या भएको छ । सडकलाई कुलो बनाईको छ । सडक बिभिन्न ठाउमा र्चिकएको तथा ससाना पहिरो समेत गएको छ

स्थानियको लगानीमा निर्माण भएको मोटरबाटोको ब्यबस्थापन तथा भल कटान नगर्दा सडकले सडकको रुप लिन सकेको छैन् । त्यस्तै गल्कोट नगरपालिका बाड नं ५ को बसाहफाट देखी भैसे सम्मको खण्ड पनि हीलाम्मे बनेको छ । सो बाटोमा नियमति बिभिन्न सबारी साधन गुड्ने गर्छन तर बाटोको अबस्था नाजुक रहेको यात्रुले गुनासो गर्दछन् बाटोमा पानी लगाउने, भल कटान नगर्ने र वाटोको मर्मत नगर्दा पैदल यात्रुले समेत जोखीमको यात्रा गर्नुपर्नृे बाध्यता रहेको स्थानिय कोष बहादुर बस्नेतले बताए ।

गाँउ गाँउमा र टोलटोलमा मोटरबाटो निर्माण भएका छन् तर ब्यबस्थापन नभएकोले यात्रा गर्न समस्या भएको गणेश बहादुर खत्रीले बताए । बर्षातको समयमा भल कटान गनु्ृ आबश्यक हुन्छ तर खेतमा सिँचाईको लागी लगिएको पानी कुलो नबनाई मोटरबाटोबाट लैजाने गरेका छन् । पछिल्लो समयमा दिनानुदिन दुर्घटना बढिरहको अबस्थामा बाटोमा पानी लगाउने, सडकमा खाल्डाखुल्डी हुनु र आफ्नो स्बार्थको लागी गलत रुपमा मोटरबाटोको प्रयोग हुन पनि दुर्घतटनाको हिस्सा बनेको गलकोट हटिया प्रहरी चौकीका ट्राफिक प्रहरी महेन्द्र खत्रीले बताए ।

गलकोट नगरपालीकाको बाड नं ४ चमुवा जाने बाटो, बाड नं ५ को कौलेनी, सर्दाखेत बाड नं ६ को नेपाने कायस जामुनडाडा, लगाएतका बिभिन्न सडकमा पानीले खाडल बनाउदा सबारी सञ्चालनमा समेत समस्या आउन थालेको यात्रुले बताएका छन् । मोटरबाटो निर्माण तथा उपभोक्ता समितीले पनि चासो दिएका े पाईदैन् । सडको ट्याक खोल्ने भन्दा पनि ब्यबस्थीत सडक निर्माण गरि यात्रालाई सहज बनाउनु् जरुरि छ । सडकको र्ममत गर्नु र यात्रालाई सहजता प्रदान गर्नु सबैको जिम्मेबारी हो त्यसैले सडकलाई सडककै रुपमा सञ्चालन गर्नमा समयमै सम्बन्धीत सबैको ध्यान पु¥याउनु आबश्यक छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply