Sorry, that menu does not exist.
 

एकीकृत साकोस प्रणाली तथा कर विषयक प्रशिक्षण गोष्ठि सम्पन्न

सुमन जि.सी. बागलुङ २०७४ असार २५ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनले देशभरका बचत तथा ऋण सहकारी संस्थाहरुमा एकरुपता कायम गर्ने गरी सञ्चालन गरेको साकोस एकरुपता प्रणाली कार्यक्रमलाई बागलुङमा सञ्चालीत बचत तथा ऋण सहकारी संस्थाहरुमा लागु गर्ने र सहकारी संस्थाहरुलाई आयकरको विषयमा जानकारी गराई राज्यको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले सोमवार बागलुङ बजारमा एकिकृत साकोस प्रणाली तथा कर विषयक प्रशिक्षण गोष्ठि सम्पन्न भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कून, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङ र करदाता सेवा कार्यालय बागलुङको संयूक्त आयोजनामा सञ्चालीत प्रशिक्षण गोष्ठिको उद्देश्य माथि प्रकाश पार्दै नेफ्स्कूनका कार्यक्रम विकास अधिकृत एवं प्रशिक्षक सञ्जय तिम्लिसिनाले नीतिगत केन्द्रियता र सञ्चालन स्वायत्तताको अवधारणामा नीति, विधि, प्रविधि र शैलीमा देशभरका साकोसहरुलाई एउटै स्वरुपमा सञ्चालन गर्ने उद्देश्यले नेफ्स्कूनले साकोस एकरुपता प्रणाली कार्यक्रमको विकास गरेको बताए ।

यो कार्यक्रमले साकोसहरुको दिगो विकास र संस्थागत शुशासन कायम गर्दै सहकारी अभियानमा साकोसहरुको गरिमा र प्रभावलाई व्यापकता दिने तिमिल्सीनाको भनाई थियो ।

सोही क्रममा बोल्दै करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले राष्ट्रको आर्थिक समृद्धिको मूख्य आधार कर भएको बताउदै गत आ.व. मा करदाता सेवा कार्यालय बागलुङले १३ करोड २५ लाख ९९ हजार ६ सय १ आयकर संकलन गरेको र यस आ.व.का लागि रु १४ करोड ३४ लाख २८ हजार लक्ष्य राखीएकोमा लक्ष्य भन्दा वढि कर संकलन गरिसकीएको र जिल्ला स्थित सहकारी संस्थाहरुको आयकर दाखीलामा उल्लेख्य सहभागिता रहेको बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ बागलुङका अध्यक्ष सीता शर्माले शुभकामना मन्तव्य राखेकी थिईन ।

कार्यक्रममा सहकारी संस्थाहरुका लागि आएकर ऐन २०५८ मा भएको व्यवस्था लगाएत कर सम्वन्धि जानकारी कर अधिकृत चापागाई र नेपालमा सहकारी विकासक्रम, सहकारीको वित्तीय अवस्था, देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान, साकोस एकरुपता प्रणाली लगाएतका विषयमा नेफ्स्कूनका कार्यक्रम विकास अधिकृत तिमिल्सीनाले सहजीकरण गरेका थिए ।

२६ वटा संस्थाका ५५ जनाको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल स्वागत उपाध्यक्ष गणेशवहादुर खत्री र सञ्चालन सचिव ऋषिराम गौतमले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply