Sorry, that menu does not exist.
 

नवनियूक्त कर्मचारीहरुका लागि सेवा प्रवेश तालिमको सुरुवात

सुमन जि.सी बागलुङ २०७४ असार २७ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले आफ्ना कार्यक्रम तथा सेवाहरुलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन तथा जिल्लाका १० वटै स्थानीय तहमा संस्थाका सदस्य सेवाकेन्द्र विस्तार गरी स्थानीय स्तरमै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न तथा आवश्यक संस्थागत क्षमता अभिबृद्धिका लागि संस्थाको कर्मचारी प्रशासन नियमावली अनुसार लीखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा मार्फत सहायक तह देखि पाँचौ तहसम्मका थप कर्मचारीहरु नियूक्त गरेको छ ।

संस्थाले मिति २०७४ आषाढ ५ गते प्रकाशित विज्ञापन अनुसार थप १९ जना नयाँ कर्मचारीहरुलाई नियुक्तीका लागि छनौट गरेको थियो । यसरी छनौट भएका कर्मचारीहरुका लागि मङ्गलबार देखि संस्थाको केन्द्रिय कार्यालय बागलुङ बजारमा सेवा प्रवेश पूर्व तालिमको सुरुवात गरेको छ । तालिम अवधिमा नवनियूक्त कर्मचारीहरुका लागि संस्थाको परिकल्पना, लक्ष्य, ध्यये, उद्देश्य, संस्थागत संरचना, काम कर्तव्य र अधिकार, कार्य पद्धती, नेतृत्व तथा व्यक्तित्व विकास, समुह कार्य, प्रयोगात्मक अभ्यास लगाएत सहकारीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयोग तथा प्रकृयाको बारेमा जानकारी गराईने संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराए ।

तालिमको पहिलो दिन आज नवनियूक्त कर्मचारीहरुलाई नेफ्स्कूनका कार्यक्रम विकास विभाग प्रमुख सञ्जय तीमिल्सीनाले नेतृत्व तथा व्यक्तित्व विकास, टिम विल्डीङ, सहकारी संस्थामा कमचारीहरुको भूमिका लगाएतका विषयमा सहजिकरण गरेका थिए ।

प्रदेश नं. ४ को उत्कृष्ठ संस्थाको रुपमा स्थापीत सिवाईसी साकोसमा यस पूर्व २६ जना कर्मचारीहरु रहेकोमा हाल १९ जना थप गरी ४५ जना पु¥याईएको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सुरुवात भएको तालिमको स्वागत संस्थाको ऐक्सेस कार्यदल सदस्य सीता शर्मा र सञ्चालन प्रवन्धक नवराज शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply