Sorry, that menu does not exist.
 

द्वन्व्द पीडितलाई सम्मानजनक सम्बोधनको कार्यक्रम सञ्चालन गर्छु- नगरप्रमुख शर्मा

घनश्याम गौतम, गल्कोट २०७४ असार २८ । गलकोट नगरपालीकाका नगर प्रमुख भरत शर्मा गैरले नगरपालीकाबाट द्वन्व्द पीडितलाई सम्मानजनक रुपमा सम्बोधन गर्ने नीति तथा कार्यक्रम सार्बजनिक गर्ने बताएका छन् ।

नगरप्रमुद शर्मा गैरेले सत्कर्म नेपाल बागलुङ, द्वन्द पीडित अधिकार समाज बागलुङ र आमा मिलन केन्द्र बागलुङको सयुक्त आयोजना तथा जिल्ला समन्वय समिति बागलुङको आर्थिक सहयोगमा शान्ति र बिकास हाम्रो सरोकार सक्रमणकालिन न्याय र सरोकारबालाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो विचार व्यक्त गरेका हुन् ।

गलकोट बहुमुखी क्याम्पसमा भएको अन्तरक्रिया तथा नबनिर्बाचित जनप्रतिनिधीहरुलाई सम्मान एबं बधाई कार्यक्रमलाई सम्बोधन गदै शर्माले द्वन्द पीडितको पक्षमा प्रत्यक्ष राहत मिल्ने कार्यक्रम सञ्चालन गर्ने बताए । उनले दश बर्षे जनयुद्धमा राज्यपक्षबाट र बिद्रोही पक्षबाट भएका घटनाको स्मरण गर्दै द्वन्दपीडितको अबस्था पीडादायी रहेको बताए ।

कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले अधिकार प्राप्तीको लागी द्वन्द पीडितले नेतृत्ब बिकास गरि आवाज उठाउनु्पर्ने बताउदै द्वन्द पीडित समुदायको योगदानले देशमा परिबर्तन आएको उल्लेख गरिन् ।

सत्कर्म नेपाल बागलुङका अध्यक्ष सिताराम थापाले सत्कर्म नेपालले गरेका महिलाको नेतृत्बबिकास, महिला मैत्री कार्यक्रम, आयआर्जनका लागी तालिम, द्वन्दपीडित, महिला दलित सबैलाई समेटेर गरिएका कार्यक्रम र प्रभाबकारीताको बारेमा जानकारी दिएका थिए ।

सो अबसरमा गलकोट नगरपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द सुबेदीले द्वन्द पीडित तथा सामुदायिक सस्थालाई नगरपालिकाले हातेमालो गर्ने बताउदै द्वन्द पीडितहरुको तथ्याङ्को संकलन गरिने जानकारी दिदै द्वन्दप्रभाबित क्षेत्रको पुनर्निर्माणमा जुट्ने बताए । शान्ति र सिप बिकासको जानकारी दिदै सुबेदीले द्वन्द पीडितलाई सेवा प्रवाहमा सरलिकरण गर्ने बताए ।

कार्यक्रममा गलकोट नगरपालीकामा नबनिर्बाचित नगरप्रमुख भरत शर्मा गैरे , उपप्रमुख रेणुका काउचा, वाड नं २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्त, वाड नं ११का अध्यक्ष डम्मरबहादुर श्रीस्, महिला सदस्यहरु कमला ढकाल, अम्बीका सापकोटा माया नेपाली लगाएतलाई बधाई तथा सम्मान गरिएको थियो ।

बिभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसस्थाका प्रतिनिधी, समाजसेबी सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएत गरि करिब ४० जनाको सहभागिता रहेको कार्यक्रममा द्वन्दपीडित अधिकार समाजका बुलबहादुर केसी, खिम साहानी, छम कुमारी बस्नेत लगाएतले मन्तव्य दिएका थिए ।

कार्यक्रम सत्कर्म नेपाल बागलुङका अध्यक्ष थापाको अध्यक्षता, द्वन्दपीडित अधिकार समाजकी सदस्य सरस्वती कार्कीको स्बागत तथा कार्यक्रम संयोजक नुनू थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply