Sorry, that menu does not exist.
 

साताका दुई प्रेस विज्ञप्तीले उठाएका गम्भीर प्रश्न र हतास मानसिकताको प्रदर्शन !

बागलुङ २०७४ असार २८ । पाला, दोबिल्ला बिहुँ मोटरबाटो तथा पुल निर्माण समिति काठेखोला ६ बागलुङका पूर्व अध्यक्ष (नेपाल रेडक्रस सोसाईटीका सभापति) जब्बरबहादुर लामिछानेले २०७४ असार २५ गते वितरण गरेको प्रेस विज्ञप्ती र त्यस्को भोलि पल्टै जिल्ला समन्वय समिति, बागलुङका स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले २०७४ साल असार २६ गते प्रकाशित गरेको प्रेस विज्ञप्तीले आम जनसमुदायमा गम्भीर प्रश्नहरु सिर्जना गरेको छ ।

लामिछोनेले प्रकाशित गरेको प्रेस विज्ञप्तीमा उठाईएको निर्माण योजनाको विषयमा आवश्यक छानविन र कार्बाही नै नगरी उल्टै सबै उत्तरदायित्व स्वयंले बहन गरी कुनै एक सन्चारमाध्यमको नाम उल्लेख गरी सान्दर्भिक विषयबस्तुलाई उठान नै नगरी तथाकथित रुपमा सार्वजनिक निकाय र कर्मचारीको चरित्र हत्या गरेको जस्ता आरोप लगाएर स्थानीय विकास अधिकारी जस्तो जिम्मेवार पदमा आसिन आचार्यले कुनै एक सन्चारमाध्यम प्रति विषवमन गर्नुले विभिन्न आशंकाहरु जन्माएको पनि छ ।

पाला, दोबिल्ला बिहुँ मोटरबाटो तथा पुल निर्माण समिति काठेखोला-६ बागलुङका पूर्व अध्यक्ष (नेपाल रेडक्रस सोसाईटीका सभापति) जब्बरबहादुर लामिछानेले २०७४ असार २५ गते वितरण गरेको प्रेस विज्ञप्तीमा प्रस्तुत गरिएका गम्भीर विषयहरुलाई आम सन्चारमाध्यमहरुले जोडदाररुपमा उठाए ।

समाचार प्रकाशमा आए लगत्तै स्थानीय विकास अधिकारी रामप्रसाद आचार्याले सो समाचार प्रकाशित गर्ने दर्जनौ संचारमाध्यम र एफएम रेडियाहरुको उच्चारण नगरी केबल इबागलुङ र धौलाश्री डट कमको नाम किटान गरी सार्वजनिक निकाय र कर्मचारीको चरित्र हत्या गरेको अनर्गल आरोप लगाउदै २०७४ असार २६ गते प्रेस विज्ञप्ती प्रकाशित गरेर आत्मतुष्टी गरे । विज्ञप्तीमा लामिछानेले उल्लेख गरेका विषयबस्तुमा प्रवेश नै नगरी सतहीरुपमा कुत्सित मनसायले कुनै एकमात्र सन्चारमाध्यमाथी जाई लागेर चित्त बुझाउने हतास मानसिकता देखाए ।

के छ लामिछानेको प्रेस विज्ञप्तीमा ? केहि प्रमुख बुँदाहरु

१,लामिछानेले आफनो प्रेस विज्ञप्तीमा सांसद चम्पादेवी खड्काले आव २०७३।७४ का लागि एकपाटे दोविल्ला विहुँ सुल्डाडा मूलाबारी, बागथला सडक निर्माणका लागि रु १० लाख विनियोजन गरेकोमा चालु आर्थिक वर्ष बितिसक्न लाग्दापनि कुनै काम नभएकोमा आफनो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

२, २०७३ पुस ९ गते तत्कालीन रेश गाविसका सचिवको अध्यक्षमा बसेको बैठकले साबिक रेश ७ निवासी दानबहादुर जीसीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी २०७३ साल फागुन ८ गते जिविस बागलुङमा योजनाको संझौता गरी पहिलो किस्ता बापतको रु ३ लाख २० हजार रुपयाँ लगिएपनि हालसम्म कुनै निर्माण कार्य नभएकोमा आपत्ती जनाउदै समिति माथिनै आशंका व्यक्त गरेका छन् ।

३, पटक पटक स्थानीय विकास अधिकारी र सरोकार निकायमा निवेदन गर्दापनि आवश्यक पहल नभएकोले २०७४ असार ११ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएकोमा सोहि मितिमा निवेदन उपर आवश्यक छानविन गरी कार्बाह गर्न अनुरोध गरिएको सम्वद्ध निकायलाई पत्रचार भएको उल्लेख गर्दै प्रशासनले पत्रचार गर्दा समेत न छानविन भयो न निर्माण कार्य नै भयो । निर्माणका लागि लगिएको ३ लाख २० हजार रुपयाँका बारेमा सोहि क्षेत्रका उपभोक्ता र सरोकारवाला भएकोले कुनै चित्त बुझदो जवाफ नपाएको उल्लेख गरेका छन् ।

४, लामिछानेले विज्ञप्तीमा निर्माण समितिमा रहेका व्यक्तिहरुले रकम दुरुपयोग गरेको आशंका व्यक्त गरेका छन् ।

५, प्रशासनले आवश्यक छानविन गर्नु भनेकोमा आजसम्म छानविन र कार्बाही नहुनु प्रजातन्त्रमा नागरिकहरुको अवाज निवेदनलाई बेवास्ता गर्नु मात्र होईन भ्रष्टाचारीलाई प्रोत्साहन दिनु हो र आफुपनि भ्रष्टाचारमा लाग्नु हो । यदि निवेदन दिनु गलत हो भने निवेदकलाई कार्वाही हुनु प-यो भन्ने माग समेत गरेका छन् ।

लामिछानेले विज्ञप्तीमा उठाएका सवालहरुको सरोकारवाला निकायले चित्तो बुझदो जवाफ दिएर पारदर्शिता कायम गर्नुपर्नेमा नागरिकको आवजलाई बलात् दबाएर कुनै सन्चारमाध्यम माथि गलत लान्छना र बेतुकको टिप्पणी गरेर पानीमाथीको ओबानो बन्न खोज्नु आफैमा हास्यास्पद छ ।

काठेखोला गाउपालिकाका योजना मात्र होइन अन्य नगर वा गाउपालिकाका योजनाहरुमाथि गम्भीर प्रश्नहरु उठछन भने स्थानीय विकास अधिकारी आचार्यले झालेमाले चस्मा लगाएर होईन, निष्पक्षरुपमा दुधको दुध पानीको पानी छुट्टाउन तिर लाग्नु श्रेयष्कर हुन्छ नकि योजनाको अध्यक्ष वा गाउपालिकाको कर्मचारी भएर खण्डन मण्डनमा उत्रनु । योजनाको काम सुरु भएको छ भने भएको भन्न सक्न प-यो नत्र यसरी हुन नसकेको भन्न सक्नु पर्छ । कुनै सचेत नागरिकले फलानो योजनाको काम सुरु भएन रकम हिनामिनाको आशंका व्यक्त गर्छ भने त्यस्को बास्तविकता बुझन तिर नलागी हतास मानसिकतावस समाचार प्रकाशित गर्ने सन्चारमाध्यम माथी आक्रोश व्यक्त गरेर कसैको पृष्टपोषक बन्न सुहाँउदैन स्थानीय विकास अधिकारी जस्तो जिम्मेवार पदासीन व्यक्तिलाई ।

कसैले गलत मनसायले कुनै आरोप लगाउछ भने सत्यतथ्य छानविन गरी त्यस्तालाई कार्वाहीगर्न सक्नु पर्छ । बिना आधार त्यत्तिकै कुनै एक सन्चारमाध्यम उपर गलत लान्छना थोपरेर पदीय मर्यादाको दुरुपयोग गर्ने माथि पनि छानविन हुन जरुरी छ ।

जिल्ला समन्वय समितिको लेटरप्याडमा स्वयं स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको दस्तखत भएको विज्ञप्तीलाई हलुकारुपमा लिने कुरा आउदैन ।

विज्ञप्तीमा किटान गरिएको इबागलुङ डटकमले के समाचार सम्प्रेषण ग-यो र सार्वजनिक निकाय र कर्मचारीको चरित्र हत्या भयो ? स्थाविअ आचार्यले विज्ञप्तीमा खुलाउन सक्नुपथ्र्यो । त्यत्तिकै हावादारी रुपमा कुनै एक सन्चारमाध्यमको नामै किटान गरी चरित्र हत्या भयो भन्ने जस्तो अनर्गल झुट्टा आरोप लगाएर कुनै सन्चारमाध्यमको विश्वसनीयता माथी प्रहार गर्नु पछी लुकेको स्थाविअ आचार्यको कुत्सित मनसूवा थाहा पाउन सजिलो छैन । जबसम्म स्थाविअ आचार्यमा दृष्टिदोष रहन्छ यो संभवपनि छैन । किनकि, दर्जनौ सन्चारमाध्यमहरुमा प्रकाशित एवं दर्जनौँ एफएमहरुले पढेको समाचार थाहा नपाए जस्तै गरी केवल इबागलुङप्रति ईष्र्यावस जाईलाग्नु नै उनको दृष्टिदोष हो । कुनै एक सन्चारमाध्यमलाई मित्थ्यारोप लगाएर बदनाम गर्न विज्ञप्ती प्रकाशित गर्नु सरकारी कार्यालयको प्याड र प्रमुखको दस्तखतको दुरुपयोग हो !

पढौँ दुबै विज्ञप्ती-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply