Sorry, that menu does not exist.
 

कृर्षि सेवा केन्द्र बुर्तिबाङ बाट बुर्तिबाङ क्षेत्रमा दश हजार बढि फलफुलका बिरुवा बितरण

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ असार २८ । कृर्षि सेवा केन्द्र बुर्तिबाङ बाट गत असार पहिलो साता देखि हालसम्म बिभिन्न प्रजातीका फलफुलका बिरुवा यस क्षेत्रकाकृषकहरुलाई बितरण भएको जनाएको छ ।

उन्नत जातका अलैची, सुन्तला, कागती, आँप, लिची, अनार गरी १० हजार १ सय पचास बिरुवा पचास प्रतिशत अनुदानमा बितरण गरीएको सेवा केन्द्र प्रमुखसरिता घिमिरेले बताए । असार पहिलो साता ४ हजार अलैची, २ हजार ५ सय सुन्तला, २ हजार५ सय कागतीका बिरुवा बितरण गरीसकिएको र पछिल्लो सयम ३ सय बिस्वाआरपाली, मालदह, दसरी गरी तिन प्रजातीका प्रजातीका आँप, दुई सय पचास लिचि र ६ सय बिस्वा निलुवा प्रजातीको अनारको बिरुवा बितरण भईरहेको बताईएकोहो ।

केहि बिरुवा अझै कृर्षि सेवा केन्द्रमा बितरणको क्रममा छन् । यस क्षेत्र अन्र्तगत बडिगाड गाँउपालीका, ढोरपाटन नगरपालीका, तमान खोला गाँउपालीका, र निसिखोला गाँउपालीकाका अधिकाँस कृषकहरुले बिरुवा लगेको प्रमुख घिमिरेले बताए ।

उनका अनुसार पचास प्रतिशतमा लगिएको फलफुलको बिरुवाको मुल्य अन्र्तगत अलैचि प्रति बिरुवा ३, सुन्तला १२, कागती १२, आँप ५०, लिची ५०,अनार ५०रुपैयाका दरले बितरण भईरहेको बताईएको हो । पहिलो लटमा माग अनुसार बिस्वा बितरण भएपनी पछिल्लो लटमा भारी बर्षातका कारण सेवा केन्द्र आसपासकावडाका कृषकहरुले बिरुवा लगिरहेपनी टाढाका कृषकहरुका लागि कार्यालय सम्म आउन नसक्दा केहि समस्या भईरहेको घिमिरेले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply