खगेन्द्र विश्वकर्मा पोखरा, २०७४ असार २९ । बुबा राजबहादुर र आमा तुलसी कुमारी गुरुङको कान्छा छोरा ज्ञानु गुरुङ बाँसुरी बादक पोखरा बाल्य काल देखिनै बासुरिको पारखि हुन ।
बुबा भारतीय सेनामा कार्यरत भएकोले पारिवारिक वातावरण साँङगीतिक त थिएन तर गाउँ समाज लोक सस्कृतिको खानी भएकोले उनलाई साँगेतीक माहोल मिलेको थियो । गाउँमा हुने विभिन्न सास्कृतिक कार्यक्रम र रेडियो क्यासेटमा बजेको बासुरीको धुनको प्रभावले आफुपनि गाउँका रहेको बाँस लेवँसबाट बासुरी बनाएर बजाउन थालेको बाल्यकाल रहेको बताउछन् गुरुङ ।
कास्कीको थुमाको डाडा याङ्जाकोट गाउँघरको बसाइँबाट बासुरी बजाउदा १० बर्षबाट बनार बजाउने धुनहरु सुनेर कपि गर्न सिकेपछि अध्ययनकोक्रममा पोखरा झरि जोजिजु म्युजिक सेन्टरमा गुरु कमल थापाबाट बाँसुरी बाद्नको औपचारिक ज्ञान लिएकाक थिए । त्यसपछि २ बर्ष लाईभमा सालैजो, सेलो तामाङ, तप्पा, सोरथि, मारुनि, चुड्का, ख्यालिमा बासुरी बजाएर आफुलाई अब्बल बनाएका थिए ।
त्यसपछि दोहोरी साँझ गाउँशहर दोहोरी साँझमा १ बर्ष काम गरेपछि विभिन्न दोहोरी साँझ गजल तथा स्टेजको कार्यत्रmममा बजाउदै नेपालको पुर्व पश्चिमी देखि विदेश सिक्किम पुगेर पनि लाईभ प्रस्तुतीमा व्यस्त छन् ।
अहिले स्टेजदेखि रेकर्डिङ स्टुडियो पोखरामा फिल्म धुन , ब्यागग्राउण्ड , गितहरुमा बाँसुरी बजाउन व्यस्त छन् ।
कार्यक्रम गर्ने क्रममा कर्णदाश एकल साँझ, विभिन्न एकलसाझमा बासुरी बजाएपछि आफुलाई झनै राम्रो अनुभुती भएको बताउछन् उनी ।
विश्वका उत्कृष्ट बासुरी बादक हरिप्रसाद चौरसियाले ज्ञानुलाई प्रसंसा र सिक्ने हौसला दिएको बताउने ज्ञानुले ईन्टरनेटमा विभिन्न खोज गरि घरमा अभ्यास गर्छन । लामो समय बाँसुरी बाजाउने प्रशिक्षण दिन नयाँ चेला पनि बनाएका छन् । यसरि बासुरि बाजाएर आफुले लोक सस्कृतिको संरक्षण र आफु खुसिका साथ बाच्न सकेको बताउछन उनी ।
उनले लोक बजाहरु बासुरी, मादल, सारङगी, ढोलक, किवोर्ड लागाएतका विभिन्न आधुनिक अक्टोप्याड बाजाहरु बजाउन पोख्त गुरुङले अझै बाँसुरीमा प्रोफेसन बनाउदे आफुलाई ।