Sorry, that menu does not exist.
 

भिङगिठेका युवाहरुमा फेसबुक आतंक : ‘भाचेको चिउरि मा’ idबाट आयो मार्ने सम्मको धम्की

स्थानीय युवाहरुले यस आतंकबाट छुटकारा दिलाउन प्रहरी समक्ष गुहार मागे !

बिमल खड्का, बुर्तिवाङ २०७४ असार ३० । बडीगाड गाउपालिका साविक भिङगिठे गाविसका युवाहरुमा फेसबुक आतंक फैलिएको छ । फेसबुकको म्यासेजवक्समा एक महिना देखी ‘भाचेको चिउरि मा’ भन्ने अपरिचित आईडीबाट मार्ने सम्मका धम्की आउन थालेपछी युवाहरुमा आतंकित बनेका हुन् । स्थानीय युवाहरुले म्यासेजबक्समा सन्देश पठाई विभिन्न धम्की दिन थालेको बताएका छन् ।

बिगत १ महिनाबाट त्यस नामको फेसबुक आईडीबाट यसप्रकारका म्यासेज गरि चिउरी खान आईजा एक्लै नआईजा मोर्लास भन्ने खालको धम्कीपूर्ण म्यासेज पठाई तर्साउन थालेको पीडितहरुको भनाई छ ।

कहिले म कमल केसी हो कहिले हिमाल भन्ने उसले जस्को पनि फोटाहरु पठाई डर घम्की दिन थालेको स्थानीय युवाहरुले बताए ।
भाचेको चिउरी भन्ने ठाउ बडीगाड गाउपालिका ७ साविक भिमगिठे वडा नम्बर ५ मा पर्दछ । त्यसैको नामबाट फेसबुक आईडी बनाई सबैलाई तर्साउन थालको बताईएको छ ।

चिउरी खान र बिजौला टिप्न गाउँका केटा लिएर आईजा एक्लै नआईजा भन्ने म्यासेज सबै जस्कोमा पठाउने गरेको पाईएको छ। तिमीहरु कति छौ लड्न आईजाव भन्ने र मार्ने सम्मको घम्की फेसबुकको म्यासेजमा पठाउने गरेको छ ।

गजब त के छ भने यो नामको आइडी फेसबुकमा सर्च गर्दा भेटिन्न । तर मोबाईलमा सर्च गर्दा भेटिन्छ भन्दै स्थानीय युवाहरुले यस आतंकबाट छुटकारा दिलाउन प्रहरी समक्ष गुहार मागेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply