Sorry, that menu does not exist.
 

सहकारी विच प्रतिस्पर्धा होइन, सहकार्य गरेर अगाडि बढ्नु आजको आवश्यकता- नेपाली

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ असार ३० । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले सहकारीबाट देशको आर्थिक विकास सम्भव भएको बताएका छन् । खुंगा ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज औपचारिक उद्घाटनपछि प्रमुख अतिथिको रुपमा बोल्दै नेपालीले निम्न आयस्तर भएका जनताहरुको जीवनलाई उकास्नु नै बर्तमान अवस्थामा सहकारीको मूल मर्म हुनुपर्ने धारणा राखे ।

उनले संख्यात्मक रुपमा वृद्धि भैरहेका सहकारीहरुले उत्कृष्ट वित्तीय कारोवार गर्नको लागि सहकारीहरुका विचमा प्रतिस्पर्धा होइन, सहकार्य गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । साथै कार्यक्रमको अवसरमा उनले उक्त सहकारीमा रु ३ लाखको सेयरसमेत राख्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इकाइ समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी कँडेलले उद्योग वाणिज्य संघ र सहकारी संस्थाहरु वित्तीय हिसावले एक अर्काको परिपूरक भएकोले दुवै संस्थाको उद्देश्य आर्थिक विकासको माध्ययमबाट समाजको रुपान्तरण हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रभु विकास बैंक बुर्तिबाङ शाखाका प्रमुख खि केसी, त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णकुमारी आचार्य, ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष दिपक थापा, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे र संस्थाको तर्फबाट नरबहादुर क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनमगर, नगरपालिकाभित्रका सवै वडाका अध्यक्षहरु, बुर्तिबाङ स्थित विभिन्न बैंक तथा सरहकारी संस्थाहरुका प्रतिनीधिहरु, संस्थाका सेयर सदस्यहरु, स्थानीय बुद्धिजीवि, समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रमको अवसरमा सहकारीको महत्वको भाव बोकेको गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

साथै संस्थाको औपचारिक उद्घाटन भएसँगै आजैबाट बचत तथा ऋणको वित्तीय कारोबार शुरु भएको संस्थाले जनाएको छ । संस्थाका अनुसार निम्न आयस्तर भएकाहरुले पनि बचत गर्न सक्ने गरी रु ५ हजारदेखि बढीमा ३ लाखसम्मको सेयर सदस्य बन्न सक्ने प्रावधान रहेको पनि जनाइएको छ ।

कार्यक्रम सहकारीका अध्यक्ष सहविन अर्गेजाको अध्यक्षता, सल्लाहकार गुञ्जबहादुर भण्डारीको स्वागत मन्तव्य र संस्थाका सचिव दिपक अदैको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply