Sorry, that menu does not exist.
 

एक भोटका लागि २५ हजार नगद सहित कांग्रेसले ग-यो एमाले गुल्मीको पर्दाफास

प्रेम सुनार, गुल्मी, २०७४ असार ३० । स्थानिय निर्वाचन सकिए लगत्तै हुन गएको गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिकाको निर्वाचनमा एक जना एमाले नेताले कांग्रेसका एक जना कार्यकर्तालाई एक भोटका लागि २५ हजार रुपैयाँ दिएको नगद र अडियो प्रमाण सहित पर्दाफास गरिएको छ ।

आज नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन गरी एमालेका एक जना जिल्ला सचिवालय सदस्यले कांग्रेसबाट वडा नम्वर ५ बाट वियजी वडा सदस्य धनबहादुर नेपालीलाई आज विहान तम्घासको एक गोप्य स्थानमा बोलाई २५ हजार हातमा थमाई दिएको अडियो रेकर्ड सहति उक्त नगद सहित सार्वाजानिक गरिएको हो ।

उक्त टेलिफोन कुराकानीमा भनिएको छ–‘ अहिले २५ हजार लिन आउनुस, कार्यापालिका जितियो भने एक लाख अरु दिईने छ , पैसाको पिरै नगर्नुस् । ’

कांग्रेस कार्यकर्ता नेपालीले आफु इमान्दार कांग्रेसजन भएकोले एमालेको पैसामा बिक्न नचाहेको तर अरु दलितहरु सचेत होउन भनेर उक्त रकम लगेर कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीलाई दिएर सार्वाजानिक गरेको बताए ।

उनले यस्तो आरोप लगाउँदै प्रश्न गरे –‘ म जस्तो कांग्रेस अगुवा कार्यकर्तालाई त पैसामा किन्न खोजिन्छ भने अरु सर्वसाधरण गरिव दलितहरु कति बिके होलान रु’

कांग्रेस सभापति श्रेष्ठले एमालेको चुनावमा जितका पछाडीको रहश्य बल्ल अहिले आएर खुलेको आरोप लगाए ।

उनले भने–‘ हामीलाई चुनाव ताका थियो , एमालेले धुप्रै दलित गरिवहरुलाई पैसा बाडेको छ भन्ने कुरा तर पनि प्रमाण थिएन, वल्ल अहिले आएर स–प्रमाण फेला पारेका छौं , पत्रकार सम्मेलन मात्रै गरेका होईनौं निर्वाचन आयोगमा मुद्धा समेत दायर गर्दैछौ । ’

मेयरका पराजित उमेदवार रहेका श्रेष्ठले थपे–पैसा बाँडेर चुनाव जित्नु भनेको ति दलित गरिव वर्ग समुदाय माथीको ठुलो अपमान हो । वडा नम्वर १४ , साविकको पाराल्मी गाविसमा पनि कांग्रेस कार्यकर्ताहरुले पैसा बाँढ्दै गरेका एमाले कार्यकर्ताहरुको पैसा वरामद गरी राखेको सोही कार्यक्रममा बताएका थिए । कांग्रेस सचिव खिलध्वज पन्थीले पैसा बाँड्ने आरोप लागेका एमाले नेतालाई दलितहरुका ठेकेदारहरुको संज्ञा दिए ।

पैसा दिएको आरोप लागेका ती एमाले नेताले भने आफुले नदिएको तर एमालेलाई बद्नाम गर्ने नियतका साथ फोन कुराकानीको मञ्चन गरिएको जिकिर गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply