कोपिला कंडेल, बागलुङ २०७४ असार ३१ । बागलुङ नगरपालिकाले चालु आर्थिक बर्ष २०७४।७५ का लागि ६९ करोड २३ लाख १७ हजार रुपया बजेट सार्वजनिक गरेको छ । हिजो देखी शुरु गरिएको बागलुङ नगरपालिकाको प्रथम नगर सभामा नगर उपप्रमुख सुरेन्द्र बहादुर खड्काले आर्थिक बर्ष २०७४।०७५ को लागी बजेट निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् ।
आर्थिक बर्ष २०७४।७५का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत बिकास, शहरी पुर्वाधार विकाश, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण र राजस्व परिचालन तथा व्यवस्थापन समाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत बिनियोजनको ब्यवस्था मिलाईएको उपप्रमुख खड्काले बताए ।
चालु आर्थिक बर्षमा ६९ करोड २३ लाख १७ हजार मध्य नगर कार्यपालिका र वडा संचालनसेवा तथा अनुदान समेतको उपभोग खर्चमा रु ६ करोड उनान्सत्तरी लाख, संस्थागत पुंजी निर्माणमा ७५ लाख रुपैया विनियोजन गरिएको छ । त्यसैगरी नगरका मुख्य मुख्य सडक स्तरोन्नती तर्फ १४ करोड ५० लाख, कुल सडक तर्फ १५ करोड ८९ लाख र खानेपानि तर्फ १ करोड ७५ लाख र वडा नम्वर ४ बसपार्क निर्माणका लागि ४० लाख रुपया बिनियोजन भएको छ । त्यसैगरी वडास्तरिय भौतिक पुर्वाधार योजना तर्फका योजना संचालन गर्ने गरी ५ करोड वडा नम्वर १,२,३,४ समेतको सडक तथा नालि निर्माणमा ३ करोड सहरी पुर्वाधार बिकास तर्फ रु २६ करोड चार लाख खर्चको अनुमान गरी रकम बिनियोजन गरिएको हो ।
आर्थिक सामाजिक विकास तर्फका रोजगारी पबर्धनका लागि रु २० लाख कृषि हाट बजारका लागि १० लाख रुपया घरेलु तथा साना उद्योग बिकास कार्यक्रम तर्फ १५ लाख अन्य कोष तर्फ ४६ लाख लक्षित वर्ग मुल प्रवाहिकरण अन्र्तगत ५० लाख, बिपद ब्यवस्थापन कोष कार्यक्रम तर्फ १० लाख जोखिमपुर्ण श्रम राहत कोष तर्फ पाच लाख, बैकल्पीक उर्जा सौर्या बक्ति तर्फ १ करोड २५ लाख खेलकुद बिकास तर्फ १ करोड ६५ लाख, कला संस्कृति तथा साहित्य तर्फ ५ लाख, पंचकोट भैरवस्थान, मालिका, रंगबैकटेश्वर मन्दिर र निर्णयघाट क्षेत्र बिकास कार्यक्रम तर्फ १ करोड, पर्यटन पुर्वाधार पार्क पोखरी, प्राकृतिक सौन्दर्यता निर्माण संरक्षणका लागि ५० लाख रुपया, पर्यटन सुचना केन्द्र संचालन तर्फ १० लाख, कालिका बन्यजन्तु संरक्षण उद्यान कार्यक्रम संचालन तफए रु १५ लाख, भैपरी कोष ३५ लाख बिनियोजन गरेको नगर उपप्रमुख खड्काले जानकारी दिए ।
त्यस्तै बिभिन्न क्षेत्रगत अनुदान कार्यक्रम तर्फ १० लाख रुपया, सवारी पार्किङ्ग स्थल निर्माणका लागि ३० लाख, मर्मत सम्भार कोष तर्फ १५ लाख र पत्रकार महासघं बागलुङ्ग शाखाको भवन निर्माणका लागि १० लाख रुपयां र आर्थिक तथा सामाजिक बिकास तर्फ ७ करोड ५१ लाख रुपया बिनियोजन भएको छ ।
नगर सभामा बागलुङ नगरपालीकाका अन्र्तगत १४ वटै वडाका अध्यक्ष, नगर कार्यपालीकाका सदस्य र वडा सदस्यहरुबीच बिनियोजित बजेट, निती तथा कार्यक्रमको विषयमा छलफल भएको थियो । कार्यक्रम नगर प्रमुख जनकराज पौडेलको अध्यक्षता र कार्यकारी अधिकृत सुवास कुमार लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।