Sorry, that menu does not exist.
 

पश्चिम क्षेत्र गीत संगीतमा धनी भएकोले लुकेर रहेका लोकनृत्यहरुलाई पनि उजागर गर्न प्रमुख नेपालीको आग्रह

बुर्तिबाङ डान्स सेन्टरको आयोजनामा सञ्चालित खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न

बुर्तिवाङ २०७४ साउन २ । साउन १ गते सक्रान्तिका अबशरमा बुर्तिबाङ डान्स सेन्टरको आयोजनामा सञ्चालित खुल्ला एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गर्दै नृत्यकला संस्कृति, स्वास्थ्य, शिक्षा र व्यक्तित्व विकाससँग जोडिने भएकोले यस्ता कार्यक्रमले मानिसको चौतर्फी विकास गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।

प्रमुख नेपालीले बागलुङको पश्चिम क्षेत्र गीत संगीतमा धनी भएकोले लुकेर रहेका लोकनृत्यहरुलाई पनि उजागर गर्न आग्रह गरे । कार्यक्रमका अवसरमा प्रमुख नेपालीले प्रथम, द्धितीय, तृतीय, चौँथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धिहरुलाई प्रति व्यक्ति नगद रु १ हजार सहित सम्मानित गरेका थिए ।

सो नृत्य प्रतियोगितामा यस क्षेत्रका १९ जना नृत्य प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा स्मृति पुनमगर प्रथम, मनिषा भण्डारी व्दीतिय, सकिना खातुन तृतीय, कल्पना सुनार चतुर्थ र तुलसरा बुढाले पाँचौ स्थान हाँसिल गरेका थिए । प्रतियोगितामा प्रथम व्दितीय हुनेलाई क्रमश ७ हजार, ५ हजार र प्रमाण पत्र, तृतीय, चतुर्थ र पाँचौ स्थान हाँसिल गर्नेका लागि सेल्फि स्टिक, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियोे ।

कार्यक्रममा ईलाका प्रशाशन प्रमुख जनक थापा, ईप्रका बुर्तिबाङ प्रमुख कृष्ण रानाको समुपस्थिती रहेको थियो ।

सो अवसरमा ढोनपा १ का अध्यक्ष चित्र भण्डारी, देबिस्थान माविका प्रअ किरण पौडेल, राजमोका प्रतिनीधि दल बहादुर भण्डारी, लगाएतको मन्तब्य व्यक्त गरेका थिए ।

बुर्तिबाङ डान्स सेन्टरका अध्यक्ष किसान थापाको अध्यक्षता भएको कार्यक्रम बुर्तिबाङ डान्स सेन्टरका प्रशिक्षक यादबराज भण्डारीको स्वागत सञ्चारकर्मी मिनू बिसी र प्रशान्त घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्बीर: मिनु बीसी, बुर्तिवाङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply