राम सुवेदी बुर्तिवाङ २०७४ साउन ३ । एकीकृत सेवा केन्द्र बुर्तिबाङ मार्फत राहदानी वितरणबाट ५५ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ मा सेवा केन्द्रबाट १ हजार ६० जनाले साधारण तर्फको राहदानी निकालेका छन भने ५ सय ५९ जनाले दु्रत सेवा बाट राहदानी प्राप्त गरेको सेवा केन्द्र राहदानी फाँटका नायव सुव्वा लोक बहादुर कुवँरले बताए ।
२०७२ साल फागुन १५ गतेदेखि सेवा केन्द्र मार्फत राहदानी वितरण सुरु गरिएको थियो ।
यसैबीच सेवा केन्द्रबाट यस आर्थिक वर्षमा २ हजार ८ सय जनाले नयाँ नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन भने ९ सय ६८ जनाले प्रतिलिपि नागरिकता निकालेका छन् ।