Sorry, that menu does not exist.
 

गुल्मेली हाँस्य कलाकार गिरी गीत निर्देशनमा जम्दै

प्रेम सुनार, गुल्मी, साउन–५ । बिगत लामो समय देखि बुटवल मा रहेर लोक दोहोरी एबमं हास्यकलाकारिता बाट सबैको मन जितेका गुल्मीका कलाकार उज्वल गिरी अब गितको निर्देशनमा पनि जम्न थालेका छन् । उनले हालै वजारमा आएको ‘ कालिको हासै बबाल’ वोलको तिज गीतबाट निर्देशनको क्षेत्रमा हात हालेका हुन् ।

पदम न्यौपाने र कुसुम गिरिको स्वरमा सजिएको उक्त गीतमा लय शब्द पदम न्यौपानेको रहेको छ । यस गीतमा शोभाखर पन्तले छायांकन र सम्पादन गरेका छन् ।
यस गीतको म्युजिक भिडियोमा निर्देशक उज्वल गिरि, मिलन, मिना र सिद्धार्थले अभिनय गरेका छ्न । गितको बजार ब्यवस्थापन एस आर मुभिज ले गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply