Sorry, that menu does not exist.
 

विस्थापित महिलालाई राहत : सहारा बिहीन बनेका पीडितहरुलाई समाजमा पुनःस्थापना गराउनु मानव धर्म !

वीरबहादुर चोखाल, गल्कोट २०७४ साउन ५ । मोटर बाटो स्तरोन्नतिका क्रममा पहिरो जाँदा घर पुरिएर विस्थापित गल्कोटकी एक सुकुम्बासी एकल महिलालाई आज एक कार्यक्रमका बीच राहत रकम हस्तान्तरण गरिएको छ । गत असार महिनामा मल्म-पाण्डवखानी-रमुवा मोटरबाटो स्तरोन्नतिका क्रममा फालिएको ढुंगा माटो र बाढी पहिरोको कारण घर बिहीन बनेकी गल्कोट नगरपालिका ७ आगाखेत की ६१ वर्षीय मनकुमारी चोखाल लाई ४० हजार ५ सय राहत रकम हस्तान्तरण गरिएको हो ।

सो अवसरमा राहत हस्तान्तरण गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले प्राकृतिक विपत्तिमा परी सहारा बिहीन बनेका पीडितहरुलाई समाजमा पुनःस्थापना गराउनु मानव धर्म भएको बताए ।

राहत ग्रहण गर्दै पीडित चोखालले आफुलाई दुःखमा साथ दिने हरु आफ्ना भगवान भएको भन्दै सहयोगी मनलाई धन्यवाद दिएकी थिइन् ।

उक्त रकम जिल्ला प्रशासन कार्यालय बागलुङ, रोटरी क्लब अफ बागलुङ, लियो क्लब अफ बागलुङ कालिका , लियो क्लब अफ बागलुङ सिटी, बागलुङ उद्योग बाणिज्य संघ बागलुङ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा, नया विश्व डटकम , सिवाइसी साकोस बागलुङ, बागलुङ बहुद्देश्यीय सहकारी संस्था लि बागलुङ, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सङ्कलन गरेको हो ।

कार्यक्रममा गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचा, सहयोग अभियानका अभियन्ता नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी , गल्कोट नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तेज बहादुर थापा, गल्कोट नगरपालिका कार्यकारी अधिकृत प्रदीप चन्द्र सुवेदी, नेपाल रेडक्रस सोसाइटी मल्म काडेबास उपशाखाका सभापति डोल बहादुर केसी, बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लि का सचिव वीर बहादुर चोखालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गल्कोट नगरपालिका ७ का अध्यक्ष सु. टीका बहादुर थापा को अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखा उपसभापति राजेन्द्र ७ र ९ का सचिव महेन्द्र शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

चोखाललाई यस अघि नेपाल रेडक्रस सोसाइटी बागलुङले राहत सामग्री हस्तान्तरण गरेको थियो भने जापानबाट तेज बहादुर थापा, कालिका के सी र दीपक चोखालले ५ लाख ५० हजार संकलन गरेको अभियन्ता तेज बहादुर थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply