काठमाडौ २०७४ साउन ५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित जनप्रतिनिधिले एमालेको कार्यकर्ता होईन जनताको साझा प्रतिनिधि बनेर काम गर्न आग्रह गरेका छन् ।
नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) सातौं राष्ट्रिय महाधिबेशन प्रतिनिधि परिषद्को उद्घाटन एवं जिफन्ट अन्तर्गतका नवनिर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई सम्मान गर्दै उनले जनतामाझ जनप्रतिनिधिले सहि काम गरेर देखाउन निर्देश गरे ।जनप्रतिनिधिलाई एमालेले पत्याएको र जनताले जिताएको भन्दै उनले भने, “स्थानीय तहमा तपाईहरु एमालेको कार्यकर्ताको रुपमा त्यहाँ काम गर्ने होईन । तपाईहरुले जिफन्टको कार्यकर्ताको रुपमा त्यहाँ काम गर्ने होईन । जनताको साझा प्रतिनिधिकोरुपमा काम गर्नुपर्यो । समग्र विकासको काम गर्नुपर्यो ।”
एमालेलाई अरु पार्टीसँग नदाँज्न आग्रह गर्दै उनले भने, “अरु पार्टी र एमालेको बीचमा भिन्नता के छ भने अरु पाटीर्ले पार्टीको मात्र काम गर भन्छन्, हामी पार्टीका लागि काम गर भन्दैनौं, देशका लागि काम गर, विकासका लागि काम गर, जनताका लागि काम गर भन्छौं । ”
देउवा सरकार मैले चाईनिज नबुझेजस्तै भयो
उनले अहिलेको सरकारप्रति व्यङ्ग्य गर्दै भने,“यो सरकार र सरकारी गठबन्धन त्यत्रोबिना सुन्ने,बुझ्ने फुर्सद भएको सरकार पनि होईन र बुझ्दा पनि बुझ्दैन । मलाई कसैले चाईनिज भाषामा भन्यो भने मैले के बुझ्छु ? अहिलेको सरकारमा विकास र परिवर्तनका कुरा मैले चाईनिज नबुझेजस्तै हो । ”उनले भने । आफुले विकासका कुरा गर्दा उखान टुक्काको संज्ञा नदिन उनले सबैसँग आग्रह गरे ।
कार्यक्रममा जिफन्ट अध्यक्ष विष्णु रिमाल लगायत नेताहरुले जनप्रनिधिहरुले सम्पूर्ण क्षेत्रमा मजदुरका आवाज उठाउनुपन,े मर्यादित श्रम,सामाजिक सुरक्षा, मजदुरको पहिचान लगायतका विषयमा जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा माधव न्यौपाने स्मृति अवार्ड,नुरु वाङ्छु स्मृति अवार्ड,गंगादेवी छात्रवृति,गंगादेवी स्वास्थ्य उपचार सहायता प्रदान गर्नुका साथै एमालेनिकट नेपाल ट्रेड यूनियन महासंघमा आबद्ध भएर स्थानीय तहमा विजयी करिब साँढे २ सय जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।