कुम्बिर बिश्वकर्मा, बुर्तिबाङ २०७४ साउन ५ । बागलुङ को पश्चिमी रुकुम सङ्ग जोडिएको सिमाना नजिकै र नेपाल को एक मात्र ढोरपाटन शिकार आरक्षण भित्र पर्ने निसिखोला गाउँ पालिका वडा नम्बर(५ ९साबिक गा।बि।स। निसि(२ ० स्थित पर्ने निसेल ढोरमा बिगतका बर्षहरु मा झै यश पटक जनसेवा युवा क्लबले गाउँ पुजा मेला को अबसर सङ्गै आफ्नो प्रथम बार्षिकउत्सब विविध खेलकुद तथा ऐतिहासिक एबम सास्कृतिक कार्यक्रम सहित मनाउने लागेको छ।
गाउँ पुजामेलामा त्यहाका स्थानीय रुपमा बसोबास गर्दै आएका मगर जाती, बिस्वकर्मा, परियार भित्र पर्ने समुदायहरुले परम्परागत ढङ्गले मनाउदै आएका छन।
गाउँ पुजा मेला भदौ महिनाको सधैं एक गते लाग्ने गर्दछ। सो अबसरमा त्यहाका स्थानियहरुले महत्वपूर्ण चाडपर्बका रुपमा बर्सेनि मनाउदै आएका छन। गाउँ पुजामा काफै (कपाई) नाच ,झाक्री नाच ,पन्चेबाजा सहितको नाच प्रदशन गर्ने र पुजा पाठ गरि भदौ १ गते रमाउने गर्दछन। त्यस्तै सोही गाउँ पुजा ब्यबस्थापन गर्नको लागि जनसेवा युवा क्लबले विभिन्न कार्यक्रमको आयोजना गरेको छ। पुरुष भलिबल प्रतियोगिता ,महिला भलिबल प्रतियोगिता ,लोकदोहोरी गीत प्रतियोगिता ,सामुहिक नृत्य प्रतियोगीता,एकल नृत्य प्रतियोगिता ,पुरुष छेलो प्रतियोगीता ,महिला छेलो प्रतियोगिताको आयोजना गरेको छ। कार्यक्रम भदौ १ गते उद्घाटन हुने छ ।
राष्ट्रिय कलाकार राजेश बर्देवाको साथमा अन्य कलाकार पनि आउने क्लबका अध्यक्ष तारा बहादुर बिश्वकर्माले जानकारी दिए।
आज क्लबको बार्षिकोत्सब मनाउने बिषयमा क्लबको काठमाडौमा बैंठक बसेको छ। बैठक क्लबका अध्यक्ष तारा बहादुर बिश्वार्माको अध्यक्षता भएको थियो भने समाजसेवी नरेश पुन मगरको प्रमुख आथित्यता, तेजिन्द्र पुन मगरको स्वागत मन्तव्य र सोफा घर्ती मगरको सान्चालनमा बैठक सम्पन्न भएको थियो। बैठकमा क्लबलाइ आबस्यक पर्ने आर्थिक ,भौतिक जुटाउन छलफल र कार्यक्रम ब्यबस्थापन गर्ने र कार्यबाहक समिती गठन गर्ने निर्णय गरिएको थियो। जसमा मेला अध्यक्ष तारा बहादुर बिश्वकर्मा, कार्यक्रम सयोजक तेजिन्द्र पुन मगर , खेल सयोजक कमल थापा मगर र कोषाध्यक्ष भागिला परियार र मेला सचिब सेरमान बिस्वकर्मा ,सहसचिव कुम्बिर बिस्वकर्मा र बिदेश सम्पर्क युवा सयोजक हिरा बहादुर बिश्वकर्मालाइ बनाईएको थियो।