Sorry, that menu does not exist.
 

साविक अधिकारीचौर गाविसका लागि २ करोड ४२ लाख रकम विनियोजन

सुमन सुनार, बुर्तिबाङ २०७४ साउन ६ । ढोरपाटन नगरपालिकाको वडा नं. ५ र ६ अर्थात साविकको अधिकारीचौर गाविसमा आर्थिक वर्ष ०७४÷०७५ का लागि २ करोड ४२ लाख ९५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ ।

वडा नं. ५ का लागि आर्थिक वर्ष ०७४÷०७५ मा १ करोड २६ लाख ४५ हजार रुपैयाँ विनियोजन भएकोे छ भने वडा नं. ६ का लागि १ करोड १६ लाख ५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । साविकको अधिकारीचौरलाई स्थानीय तह पुनसंरचनामा दुई वटा वडामा विभाजन गरिएको थियो ।

नगरपालिकाको वडा नं. ५ मा कृषि तर्फ तरकारी खेतीको लागि टनेल निर्माण तथा विउविजन वितरण रुद्रावती कृषि सहकारी संस्था मार्फत १ लाख ८० हजार खर्च गरिने गरि वजेट विनियोजन गरिएको छ ।

शिक्षा तर्फ ४९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार नमुना बाल विकास केन्द्र शिवालय मा.वि भवन मर्मतका लागि १ लाख ८० हजार , जनचेतना बाल विकास केन्द्र भुजी महाविर आधारभुत विद्यालय मर्मतका लागि ९० हजार , बाहुनगाउँ बाल विकास केन्द्र नौविसेका लागि ९० हजार, अधिकारीचौर बालविकास केन्द्र प्याङखोलाका लागि ४५ हजार , शिवालय मा.विमा तटबन्धन र कक्षा व्यवस्थापन ४ लाख ५० हजार , सरस्वती प्रा.वि भवन निर्माणका लागि ९ लाख , बालविकास भवन निर्माण झगडेडाडा लामेलाका लागि ९ लाख , भुजी मा.विमा कक्षा व्यवस्थापनका लागि ९० हजार , भुजी मा.विमा भवन निर्माण १३ लाख ५० हजार , आमबोट बाल शिक्षा भवन निर्माणका लागि ९ लाख विनियोजन गरिएको छ ।

यस्तै खानेपानी तर्फ १० लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ । जसअनुसार, डाडागाउँ गमालेडाँडा, पेङखोला खानेपानी निर्माणका लागि ४ लाख ५० हजार , रजवारेटोल खानेपानी मर्मतका लागि १ लाख ८० हजार , छिपछिपे खानेपानी मर्मतका लागि ९० हजार , हाँडिखोला खानेपानी मर्मतका लागि ९० हजार , जुगेपानी खानेपानी मर्मतका लागि २ लाख ७० हजार विनियोजन भएको छ ।

यता संस्कृति संरक्षण तर्फ घर्तिथोक मन्दिर निर्माणका लागि २ लाख ७० हजार , शिवालय मन्दिर मस्ति को पुर्णताका लागि ९० हजार , दुर्गाभवानी मन्दिर पेङखोलाका लागि ४५ हजार गरि कुल ४ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यसैबीच लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ कुल ११ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार आमा समुह भवन निर्माण चौरका लागि ९ लाख , मिलनसार आमा, समुहको भवनमा रंगरोगन र फर्निचरका लागि ९० हजार , साहुथोक आमा समुह चर्पी र फर्निचर निर्माणका लागि १ लाख ८० हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकास तर्फ , २७ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । हाडिखोला, बाउनगाउँ नौविसे, छापडाडा, घैयाखेत सडक निर्माणका लागि ९ लाख , झगरेडाडा, गाल्डुङ सडक निर्माणका लागि ४ लाख ५० हजार , मस्ति बुढाथोक सडक निर्माणका लागि ९ लाख , साहुथोक लाकुरीबोटको पुल मर्मतका लागि ९० हजार , भुमेथान, घोसा मोटरबाटो निर्माणका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

यस्तै सिंचाई तर्फ १२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । जहाँ बुढाथोक, सिंचाइका लागि १ लाख ८० हजार , न्वारा सिंचाइ आयोजनाका लागि १ लाख ८० हजार , तिखेजुर, सिंचाइका लागि १ लाख ८० हजार , साराखेत, सिंचाइका लागि १ लाख ८० हजार , रातोपानी सिंचाइका लागि १ लाख ८० हजार , हाँडीखोला सिंचाई मर्मतका लागि ९० हजार , पिंडालुबारी सिंचाई मर्मतका लागि ९० हजार , सिंचाई ट्याङ्की मर्मत पेङखोलाका लागि १ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वडा नं. ५ मा भवन निर्माण तर्फ , पेङखोला सामुदायिक भवन भवन निर्माणका लागि ९ लाख विनियोजन गरिएको छ ।

वडा नं. ६ का लागि १ करोड १६ लाख ५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार शिक्षा तर्फ ६९ लाख २५ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । जहाँ विद्याविकास मा.वि भवन निर्माणका लागि ४४ लाख ९५ हजार ५ सय , जनचाहना आधारभुत विद्यालय भवन निर्माणका लागि ९ लाख , तुला आधारभुत विद्यालय भवन निर्माणका लागि ९ लाख , छापडाँडा बालशिक्षा भवन निर्माण का लागि ६ लाख ३० हजार रुपैया विनियोजन गरिएको छ ।

यस्तै खानेपानी तर्फ वघा देखि सुब्जागाउँ सम्म खानेपानीका लागि १३ लाख ५० हजार तथा संस्कृति संरक्षण तर्फ, ढोरपाटन फोन्पा गुम्वा छेन्तुङ मर्मतका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण तर्फ , सुब्जागाउँ आमा समुह फर्निचरका लागि ९० हजार विनियोजन गरिएको छ । भने पूर्वाधार विकास तर्फ आख्रेनी, पानीपोखरा, मोराङ, सडक निर्माणका लागि ३ लाख ६० हजार , सैखोला सुब्जागाउँ छापडाँडा, भित्रेवन घोरेटो बाटो निर्माणका लागि १ लाख ३५ हजार विनियोजन गरिएको छ ।

यस्तै सिंचाई तर्फ बगाले सुब्जागाउँ डाँडाखेत सिंचाईका लागि १ लाख ८० हजार विनियोजन भएको छ ।

भवन निर्माण तर्फ टोड्के वराहा युवा क्लव भवन निर्माणका लागि ३ लाख ६० हजार विनियोजन भएको छ । यता जल उत्पन्न प्रकोप नियन्त्रण तर्फ कुल १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । जस अनुसार भण्डारीगाउँ ढोरपाटन तटबन्धनका लागि ३ लाख ६० हजार , धापखोला तटबन्धनका लागि १ लाख ८० हजार , ढुङ्गालोट्ने खर्सुबोट तटबन्धनका लागि १ लाख ८० हजार , जल खर्सुबोट तटबन्धनका लागि १ लाख ८० हजार खाराखोला तटबन्धनका लागि १ लाख ८० हजार , ओखरेनी जलविद्युत तटबन्धनका लागि २ लाख ७० हजार, नवज्योती प्रा.वि ओखरेनी तटबन्धनका लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply