छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ साउन ६ । ढोरपाटन नगरपालिका वडा नँ ५ द्धारा शुक्रबार ढोरपाटन नगरपालीकाका मेयर उपमेयर तथा वडा अध्यक्षलाई सम्मान गरेको छ । स्थानीय तहको निर्वाचन सकिएर निर्वाचित भएका मेयर देबकुमार नेपाली, उपमेयर कर्मती पुन र वडा नँ ५ का अध्यक्ष लक्ष्मण पुनलाई सम्मान गरीएको हो ।
बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी मेयर देब कुमार नेपालीले बोल्दै बिद्यालयलाई नमुना बिद्यालय बनाउँदै अगाडि बद्न सुझाब दिए ।
नेपालीले समय सापेक्ष स्पमा शिक्षाको गुणस्तर बृद्धि गर्नका निम्ती सामुदायिक बिद्यालयलाई अनिवार्य अँग्रेजी माध्यमबाट अध्यापन गराउन र प्रत्यक शिक्षकले कम्प्युटर शिक्षा हासिल गर्नुपर्ने ब्यबस्था गनुपर्ने सुझाव दिए । कम्प्युटर शिक्षामा विद्यालय असक्षम भएमा नगरपालीकाले समेत शिक्षकलाई कम्प्युटर सिकाउने ब्यबस्था अगाडि सार्ने बताए ।
उनले शिक्षकहरुले राजनीति त्यागेर बिशुद्ध शिक्षणमा लागन आग्रह गर्दे अराजक गतिबिधी र नितीनियम बिपरीत चल्ने शिक्षकलाई कार्वाहि समेत हुनुपर्ने बताए ।
त्यस्तै मेयर नेपालीले बिद्यालयका लागि एक जना आफनै लगानीमा मासिक ६ हजार तलब रहने गरी १ बर्षका लागि एक जना दलीत शिक्षकको ब्यबस्था गर्न बिद्यालयलाई आग्रह गरेका छन् । बिद्यालयले बुझाएको ज्ञापन पत्र अनुसार बिद्यालयमा खानेपानी, शिक्षक दरबन्धि, बिधालय सम्म सडक पुर्याउने बिषयमा पहल गरीदिन आग्रह गरेसँगै उनले शिक्षक दरबन्लस् र खानेपानीको ब्यबस्थापनका निम्ती सम्बन्धित निकायमा पहल गर्ने बताउँदै सडक निर्माणमा समेत पहल थाल्ने विश्वास दिलाए ।
कार्यक्रमका अबसरमा उपमेयर कर्मती पुन, वडा नँ ५ का अध्यक्ष लक्ष्मण पुनको बिशिष्ठ आतिथ्यता, बुर्तिबाङ उधोग बाणिज्य सँघ ईकाईका अध्यक्ष चिन्तामणि कँडेल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य सँस्थाका सिनीयर अहेब रितुवर्ण पौडेल, भुजिमाविका प्रअ चुडामणि पौडे, देबिस्थान माविका प्रअ किरण पौडेल, जेष्ठ नागरीक खुमलाल पौडेल, लगाएतको आतिथ्यता रहेको थियो । बिद्यालयका निमित्त प्रअ प्रेम पौडेलद्धारा बिद्यालयको अबस्था र समस्याका बिषयमा प्रकाश पारेका थिए ।
अम्बिका भण्डारीको स्वागत रहेको कार्यक्रममा चुडामणि पौडेल, किरण पौडे, रितवर्ण पौडेल लगाएतले मन्तब्य राख्नुभएको हो । त्यस्तै कार्यक्रममा वडा नँ ५ का अध्यक्ष लक्ष्मण पुनले मन्तब्य राख्दै आर्थिक बर्ष २०७४⁄७५ मा साविकको अधिकारीचौरमा नगरपालीकाबाट बिनीयोजन भएको बजेट र योजनाका बिषयमा चर्चा गरेका थिए । कार्यक्रम बेद बहादुर कुवँरले सञ्चालन गरेका थिए ।