Sorry, that menu does not exist.
 

कालिका भगवती गुठीव्दारा ४ पत्रकार सम्मानित, महिला पत्रकार उपेक्षित !

बागलुङ २०७४ साउन ७ । कालिका भगवती गुठी बागलुङले ४ जना पत्रकारलाई सम्मान गरेको छ । गुठीले धार्मिक तथा पर्यटकीय क्षेत्र एबं कालिका मन्दिरको संरक्षण र बिकासको लागि बिशेष भुमिका निर्वाह गरेको भन्दै नगद सहित सम्मान गरेको बताएको छ । सम्मानित हुनेमा पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष एबं धौलागिरी एफएमका दिल शिरिष, कान्तिपुरका प्रकाश बराल, बागलुङ्ग एफएमका प्रदिप पन्त र धौलागिरी टेलिभिजनका सुवास आचार्य रहेका छन् । सम्मानित सबैलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जनहि नगद रु ५ हजार सहित प्रशंसा पत्र र दोशल्ला ओढाएर पुरस्कृत गरेका थिए ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागि पत्रकारले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउदै कालिका भगवती मन्दिर लगायत जिल्लाका सम्भाब्य पर्यटकीय एबं धार्मिक क्षेत्रको बिकासका लागि आफ्नो क्षेत्रबाट सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा बागलुङ्ग नगरपालिकाका उपप्रमुख सुरेन्द्र बहादुर खड्काले जिल्लामा हुने बिकास निर्माणका गतिबिधी एबं धार्मिक र पर्यटकिय सम्भावनाको खोजी एबं संरक्षण गर्नका लागि बागलुङ्ग नगरपालिकाले पत्रकार लगायत सम्पुर्ण सरोकारवाला संग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

सो अवसरमा होटल ब्याव्सायी सघंका केन्द्रिय सचिव अर्जुन चोखाल, पत्रकार महासघं बागलुङ्ग शाखाका सल्लाहकार कोपिला कंडेल लगायत सम्मानित ब्यक्तित्वहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम कालिका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष खड्काको अध्यक्षता, सदस्य सचिव एबं जिल्ला मालपोत कार्यालयका प्रमुख बिश्वनाथ शर्माको स्वागत मन्तब्य र कालिका भगवति गुठीका सदस्य सुमन खड्काको धन्यबाद मन्तब्य र अर्का सदस्य राजेशचन्द्र राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

कालिका भगवती गुठीले चार/चार जना पत्रकारहरुलाई पुरस्कृत गर्दा महिला पत्रकार उपेक्षित हुनु र सदरमुकाममा सन्चालित तीन एफएमहरुमध्य सयपत्री एफएम मात्र पुरस्कृत नहुनु कस्तो मापदण्ड रहेछ भन्ने चर्चाको विषय बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply